सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डोल्पाका १७० घरधुरीलाई निःशुल्क सोलार वितरण


  •    न्युजभित्तो/१० आश्विन २०७८, आईतवार १२:३१ 
  • जाजरकोट, १० असोज । ठुलीभेरी नगरपालिका–९ डोल्पाका १७० घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको छ । कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत वडाका सम्पूर्ण घरधुरीलाई सोलार वितरण गरिएको हो । शनिबार मोतीपुर, डाँगीबाडालगायतका बस्तीका नागरिकलाई भेला गरेर सोलार वितरण गरिएको हो ।

    नगरपालिकाको रु २० लाख र कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रु ५० लाख गरेर कूल रु ७० लाख अनुदान सहयोगमा सम्पूर्ण वडावासी लाभान्वित हुने गरी सोलार वितरण गरिएको वडाध्यक्ष बिर्मलकुमार भण्डारीले जानकारी दिनुभयो । जनताको मागअनुसार प्रत्येक घरधुरीलाई २०० वाटको प्यानल र १५० एम्पियरको ब्याट्री निःशुल्क वितरण गरिएको भण्डारीको भनाइ छ ।

    “वर्तमान अवस्थामा सेवा दिइरहेको दुनैस्थित जैरीगार्ड जलविद्युत्को घण्टौँ लोडसेडिङका कारण जनताले हैरानी खेपेका थिए, उक्त समस्यालाई मध्यनजर राख्दै सोलार खरिद गरिएको हो, अब नागरिक अन्धकारबाट मुक्त भएका छन्”, उहाँले भन्नुभयो । प्रत्येक घरधुरीलाई खरिद र ढुवानीसहित रु ३९ हजार ५०० मूल्य बराबरको सोलार वितरण गरिएको भण्डारीले बताउनुभयो । भरपर्दो बत्तीको सुविधा नहुँदा प्रायः अन्धकारमा बस्दै आएका आफूहरुले सोलार पाउँदा खुसी लागेको स्थानीयवासी सुनकुकारी कठायतले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.