काठमाडौं, १० असोज । ढलमा खसेर बेपत्ता भएका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ।
ललितपुरको महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि उनको शव फेला परेको हो। उनी गत मंगलबार उज्ज्वल काठमाडौंको कपनस्थित ढलमा खसेका थिए।
शनिबार साँझ बागमती नदी किनारमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यका बताए ।
त्यस्तै पोष्टमार्टमको लागि उनको शव ललितपुरस्थित पाटन अस्पतालमा ल्याइँदैछ।