सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडीको सुकुम्बासी वस्तीका चेपाङ बालबालिकालाई स्टेशनरी वितरण


  •    न्युजभित्तो/९ आश्विन २०७८, शनिबार २१:५४ 
  • माडी, ९ असोज । साउन । माडी नगरपालिका वडा नं ९ राइटोलका सुकुम्बासी चेपाङ परिवारका बालबालिकाहरुलाई आज शनिबार स्टेशनरी सामान वितरण गरिएको छ । स्टेशनरी सामानको अभावले बालबालिकालाई स्कुल जान समस्या भएको थाहा पाएपछि होली भिजन पब्लिक स्कुल भरतपुरका सञ्चालक एवम् सञ्चारकर्मी नारायण सापकोटा, विश्व पुस्तक पसल लड्कुका सञ्चालक विरेन्द्र न्यौपाने र सामाजिक व्यक्तित्व एवम् युवा उद्यमी श्रीप्रसाद दवाडीको संयुक्त सहयोगमा स्टेशनरी सामान वितरण गरिएको हो ।

    स्टेशनरी सामान वितरण गर्दै माडी नगरपालिकाकी उपमेयर ताराकाजी महत्वले शिक्षा नै चेतनाको संवाहक भएकोले आफ्ना बाबुनानीहरुलाई नियमित रूपमा विद्यालय पठाउन आग्रह गर्नुभयो । सुकुम्बासी समस्याको दीर्घकालिन समाधानको लागि माडी नगरपालिकाले पहल गरिरहेको बताउँदै समस्याको समयमा विद्यार्थी भाइबहिनीहरु स्टेशनरी सामाग्री वितरण गर्ने सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

    स्टेशनरी वितरण कार्यक्रममा माडी नगरपालिकाका प्रवक्ता एवम् वडा नं का वडाध्यक्ष शिवहरि सुवेदी, कृष्णनगर मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारादमणि पौडेल, सामाजिक व्यक्तित्व एवम् युवा उद्यमी श्रीप्रसाद दवाडी वडा नं ९ कि वडा सदस्य पूर्णीमाया चेपाङ लगायतको उपस्थिति रहेको थियो

    कार्यक्रममा १ सय जना विद्यार्थीहरुका लागि स्टेशनरी वितरण गरिएको थियो । वडा सदस्य पूर्णीमाया चेपाङले विपत्तिको बेलामा सुकुम्बासी चेपाङ बालबालिकालाई सहयोग गर्ने सहयोगीहरुप्रति सुकुम्बासी चेपाङ परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनका विद्यार्थी धान रोप्न सिक्दै
    राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
    सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख
    • जलवायु परिवर्तनको चुनौती सामना गर्दै धानमा आत्मनिर्भर बन्न आवश्यक छः मन्त्री चौधरी
    • पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन
    • ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर
    • कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.