सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एपेक्सले सङ्क्रमित विद्यार्थीलाई निःशुल्क आयोगको कक्षा चलाउने


  •    न्युजभित्तो/९ आश्विन २०७८, शनिबार १६:२४ 
  • काठमाडौँ, ९ असोज । एपेक्स एजुकेसन एकडेमीले कोरोना भाइरस सङ्क्रमित विद्यार्थीलाई निःशुल्क रुपमा लोक सेवा आयोगको तयारी कक्षा पढाउने भएको छ ।

    एकडेमीका अध्यक्ष हरि पौडेलले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्क्रमित विद्यार्थीले सङ्क्रमित भएको सक्कल प्रमाणपत्र लिएर आए निःशुल्क रुपमा छात्रवृत्ति उपलब्ध गराई भौतिक रुपमा उपस्थित हुने आयोगको तयारी कक्षामा सहभागी गराउने बताउनुभयो । सरकारी वा निजी विद्यालयबाट कक्षा ११ वा तीन वर्षीय डिप्लोमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) उत्तीर्ण गरेका विद्यार्थीलाई इन्जिनियरिङका लागि पनि पूर्ण रुपमा निःशुल्कमा पढ्न पाउने भएका छन् ।

     

    उहाँका अनुसार यसै शैक्षिक सत्रमा आयोगको तयारीका लागि प्रत्येक प्रदेशबाट सातजना गरी जम्मा ४९ जनालाई पूर्ण निःशुल्क छात्रवृत्ति प्रदान गरिने छ । यस्तै अन्य सम्पूर्ण अध्यापनरत विद्यार्थीलाई यही शैक्षिक सत्रका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको उहाँको भनाइ रहेको छ । एकडेमीले छात्रवृत्तिका लागि आगामी कात्तिक १० गतेभित्रमा अनलाइन फारम भर्न आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.