सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्यान्सर अस्पतालले उपकरण थप गरी सेवा सुविधालाई विस्तार गर्दै


  •    न्युजभित्तो/९ आश्विन २०७८, शनिबार १४:५० 
  • चितवन, ९ असोज । भरतपुरमा रहेको वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले अस्पतालले उपकरण थप गरी अस्पतालका सेवा सुविधालाई विस्तार गर्दै लगेको छ । पछिल्ला वर्षहरुमा अस्पतालले आधुनिक उपकरण खरिद गरी अस्पताललाई समयसापेक्ष विस्तार गर्दै लगेको हो ।

    अस्पतालका निर्देशक डा. देजकुमार गौतमका अनुसार अस्पतालमा इमर्जेन्सी सेवालाई व्यवस्थित गराईएको छ । इमर्जेन्सीमा आउने बिरामीलाई सामान्य औषधि दिएर डिस्चार्ज गर्नुपर्ने, अब्जर्भेसनमा राख्नु पर्ने वा उच्च जोखिम ९हाईरिक्स० भएर भर्ना गर्नु पर्ने के हो भन्ने कुरा इमर्जेन्सीबाट छुट्याएर सोही अनुसार गरिंदै आएको छ । अस्पतालमा क्यान्सर बाहेक पनि सबै खालका बिरामी आउने हुँदा इमर्जेन्सी सेवा शुरु गरेसँगै सेवाग्राहीलाई सहज भएको उहाँको भनाई छ ।

    बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालको फार्मेसीलाई पनि विस्तार गरिएको छ । यस अघि नै फार्मेसी भए पनि सानो र अव्यवस्थित हुँदा नयाँ ठाउँमा विस्तार गरेर सहज रुपमा फार्मेसी सुविधा उपलब्ध गराईएको अस्पतालले जनाएको छ । इन्डोर र आउटडोर गरी दुई ठाउँबाट फार्मेसी सञ्चालन गरिएको डा। गौतमले बताउनुभयो । फार्मेसी विस्तार र औषधिको संख्या बढाएसँग बिक्रीमा पनि उल्लेख्य बृद्धि भएको छ । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षमा १० करोड रुपैयाँ हाराहारीको बिक्री हुँदै आएको औषधिको बिक्री गत आर्थिक वर्षमा १६ करोड रुपैयाँ हाराहारी पुगेको छ ।

    अस्पतालले केन्द्र सरकारले दिएको एक लाख रुपैयाँको विपन्न उपचार छुट, बागमती प्रदेश सरकारले दिएको ५० हजार रुपैयाँ बराबरको छुट र स्वास्थ्य बीमा गरी दुई लाख ५० हजार बराबरको उपचार, परीक्षण र औषधि खरिदमा सेवा दिंदै आएको छ । म्याक्स फाउण्डेशनले उपलब्ध गराएको २० करोड १९ लाख रुपैयाँ रक्त क्यान्सरका बिरामीको उपचारमा खर्च गरिएको छ । यस्तै विपन्न सेवा मार्फत् १६ करोड रुपैयाँ, क्यान्सर सेवा मार्फत् ५२ लाख रुपैयाँ, ७० वर्ष माथिकालाई निःशुल्क सेवा वापत १६ लाख ९६ हजार ३३५ रुपैयाँ, १५ वर्ष मुनिकालाई निःशुल्क सेवा वापत रु। १६ करोड ७४ लाख ४१ हजार ४९७ रुपैयाँ बराबरको निःशुल्क सेवा दिईएको गौतमको भनाई छ ।

    अस्पतालले कोभिडसँगै जिल्लामा अक्सिनको माग उच्च हुने र बिरामीलाई हाईफ्लो अक्सिजन चाहिंने हुँदै अक्सिजन पाईपलाईन विस्तार गरेको छ । विगतमा ६ एमएम पाइप लाईन रहेकोमा क्षमता विस्तार गरी १२ एमएमको पाईप जडान गरिएको अस्पतालका उपनिर्देशक डा.कृष्णसागर शर्माले बताउनुभयो । उहाँका अनुसार अस्पतालका सबै अन्तरंग विभागमा पुग्ने गरी अक्सिजन पाईप विस्तार गरिएको छ ।

    यस अघि भएका पाईपलाईन पनि सञ्चालनमा नै रहेको छ । यससँगै अस्पतालले तरल अक्सिजन सप्लाई टंकी र पाईपलाईन समेत जडान गरेको छ । २० हजार लिटर क्षमताको टंकी जडान गरिएको हो । जसमा तरल अक्सिन ल्याएर त्यहाँबाट वितरण गर्न मिल्ने गरी व्यवस्थापन गरिएको उपनिर्देशक शर्माले बताउनुभयो ।

    अस्पतालले फोहोर व्यवस्थापनलाई पनि व्यवस्थित गराएको छ । वार्डबाटै फोहोरलाई विभाजन गरी सोही अनुसार व्यवस्थापन गरिंदै आएको छ । अस्पतालबाट निस्किने कुहिने फोहोरबाट बायोग्यास निकालेर चमेनागृह ९क्यान्टिनं० मा जडान गरिएको छ । संक्रमित इन्जेक्सन लगायतका वस्तुलाई अटोक्लेप गरेर निर्मलीकरण गरिएको छ । नकुहिने खालका फोहोरलाई भोलुम रिडक्सन सिस्टमबाट माईक्रोओएभ सिस्टमबाट १० गुण कम गराईने डा। शर्माको भनाई छ । उहाँको अनुसार यसरी तयार भएको धुलो सजिलै गाड्ने मिल्ने गर्दछ । ईट्टा निर्माण कार्यमा यसको प्रयोग समेत हुँदै आएको छ । उहाँले भन्नुभयो “सहज अवस्थामा ईटाभट्टाले यो धुलो खरिद गर्ने गरेका छन् ।”

    यसैगरी सेवाग्राहीको चापलाई मध्यनजर गर्दै नगद काउन्टर सात ठाउँमा विस्तार गरिएको छ । यस अघि दुई ठाउँमा मात्रै काउन्टर हुँदा लामो समय लाईन बस्नुपर्ने समस्याको अन्त्य भएको उपनिर्देशक शर्माको भनाई छ । अस्पतालले इमर्जेन्सी ल्याब पनि सञ्चालन गरेको छ । अस्पताल भर्ना भएर उपचार गरिरहेका, अपरेशन गर्नुपर्ने बिरामीलाई सहज होस् भनेर उक्त ल्याब सञ्चालनमा ल्याईएको उहाँको भनाई छ ।

    अस्पतालले अत्याधुनिक मोलिकुलर ल्याब ९प्रयोगशाला० निर्माण प्रक्रिया थालेको छ । आरएनए र डिएनए छुट्याउन सकिने, भाईसर अनुसन्धान गर्न सकिने उक्त प्रयोगशालाका लागि छुट्टै भवन बनाउने कार्य भईरहेको छ ।

    अस्पतालको सिटीस्क्यानमा अध्याधिक भिड भएपछि अस्पतालले थप सिटीस्क्यान ल्याउनका लागि टेण्ड गरिसकेको र सभ्झौता भई आउने प्रक्रियामा रहेको उपनिर्देशक डा।शर्माले जानकारी लिनुभयो । रेडियो थेरापी गर्ने अत्याधुनिक तीन वटा मेसिन सञ्चालनमा आएका छन् । यसै वर्ष अर्को मेसिन ल्याउने तयारी अस्पतालले गरेको छ ।

    शल्यक्रियालाई सरलिकृत गर्दै लैजाने नीति पनि अस्पतालले लिएको छ । अस्पतालमा माइक्रोस्कोपी सर्जरी र लेजर सर्जरी शुरु गरिएको हो । साना साना भाग हेर्न मिल्ने गरी माईक्रोस्कोप सर्जरी शुरु गरिएको छ । यसैगरी खाना नलीबाट छातीको एक्सरे गर्न मिल्ने ईबस मेसिन पनि अस्पतालले खरिद गरेको छ ।

    अस्पतालले ५० वेडको आईसियू सञ्चालनमा ल्याएको छ भने लायन्स क्लबको सहयोगमा रु। २ करोड लगानीमा १० शैयाको विरामी कुरुवा घर निर्माण हुने भएको छ ।

    यसैबीच अस्पतालले आज ९शनिबार० पत्रकार सम्मेलनका आयोजना गरी अस्पतालका गतिविधिबारे जानकारी गराएको छ । अस्पतालका अध्यक्ष डा।निर्मल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमका कार्यकारी निर्देशक डा। देजकुमार गौतम, उपनिर्देशक डा। कृष्णसागर शर्मा, प्रशासन प्रमुख गृनारायण महतो लगायतको उपस्थिति रहेको थियो ।

    सो अवसरमा अध्यक्ष डा। लामिछानेले मानिसको गलत खानपान र जीवनैलीका कारण ३० प्रतिशत क्यान्सर हुने गरेको बताउनुभयो । उहाँले शरीरमा आउने सामान्य परिवर्तनहरुलाई ख्याल गर्न सक्ने हो भने पनि धेरै क्यान्सरको समयमा नै उपचार गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो “हेलचक्र्याईका कारण क्यान्सर तेस्रो वा चौथो चरणमा पुगेपछि मात्रै उपचारका लागि आउने धेरै छन् ।” समयमै पत्ता लागेका थोरै खर्च र छोटो समयमा नै क्यान्सर निको हुने उहाँको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.