सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ट्रेड युनियन प्रतिबन्ध गर्ने नियतसँग सम्झौता हुँदैन : काङ्ग्रेस


  •    /२३ श्रावण २०७६, बिहीबार १९:१४ 
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले ट्रेड युनियनलाई व्यवस्थित र व्यावहारिक बनाउने विषयमा छलफल गर्न सकिने तर तिनलाई घुमाउरो ढङ्गले प्रतिबन्धित नै गर्ने नियतसँग कुनै सम्झौता गर्न नसकिने जनाएको छ ।

    काङ्ग्रेस केन्द्रीय कार्यालयमा बिहीबार आयोजित समसामयिक विषयको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकमा लोकतन्त्र स्थापनाका लागि योगदान गरेका र मुलुकको समृद्धिका लागि महत्वपूर्ण सहयात्री संस्थालाई निरुत्साहित र निषेध गर्ने कुनै पनि कदम काङ्ग्रेसलाई मान्य नहुने बताउनुभयो ।

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवाको गठन तथा सञ्चालनसम्बन्धी विधेयक छलफलका क्रममा रहेको छ । सो छलफलका क्रममा उठेको आधिकारिक ट्रेड युनियनबाहेक अन्य कुनै पनि युनियन वा निजामती कर्मचारीको समूहले आफ्ना हकहितका लागि मागसमेत प्रस्तुत गर्न नपाउने व्यवस्था संविधानले प्रत्याभूत गरेको अधिकार विपरीत रहेको प्रवक्ता शर्माले बताउनुभयो ।

    काठमाडौँको गोङ्गबु बसपार्कको अनियमितता प्रकरणप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै उहाँले त्यससम्बन्धी तथ्यको गहिरो अनुसन्धान गरेर आवश्यक कारवाही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सार्वजनिक अपिल गर्नुभयो ।

    काङ्ग्रेसलाई हेर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रतिवेदनमा उल्लेखित विवरणबारे प्रवक्ता शर्माले भन्नुभयो, “अहिलेलाई केवल यति टिप्पणी, त्यो दस्तावेजमा काङ्ग्रेसबारे इमान्दार दृष्टि होइन बरु दृष्टिदोष प्रस्तुत छ ।” काङ्ग्रेसले स्थापनाकालदेखि नै लोकतन्त्र, संसदीय प्रणाली, समावेशीता, स्वतन्त्र प्रेस, निष्पक्ष न्यायालय, निजी सम्पत्ति र व्यक्तिगत स्वतन्त्रता आदिको स्थापना र सम्वद्र्धनका लागि नेतृत्वदायी भूमिका निर्वाह गरी आएको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.