सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालमा जन्मिए गतवर्ष १३ हजार बढी बच्चा


  •    /२३ श्रावण २०७६, बिहीबार १५:४८ 
  • –नारायण अधिकारी

    प्रसूति सेवामा नेपालमा नै अग्रणी मानिएको भरतपुर अस्पतालमा बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ ।

    गत आर्थिक वर्षमा १३ हजार ५४५ महिलाले अस्पतालमा बच्चा जन्माएका हुन् । तीमध्ये १३ हजार ३२७ जीवित बच्चा जन्मेका थिए भने बाँकी मृत अवस्थामा जन्मेका थिए ।

    अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार हरेक वर्ष सुत्केरी हुने आमाको सङ्ख्या बढ्दो छ । प्रसूतिगृह पछि सबैभन्दा बढी बच्चा यही अस्पतालमा जन्मने गर्दछन् । अघिल्लो आवमा १३ हजार ५२५ महिलाले बच्चा जन्माएका थिए । आव २०७३÷७४ मा यो सङ्ख्या १२ हजार ९८० रहेको थियो ।

    गत आवमा बच्चा जन्माउनेमध्ये चार हजार ६७ जनाको शल्यक्रिया गरिएको थियो भने अन्यको सामान्य ढङ्गबाट सुत्केरी गराइएको पौडेलले जानकारी दिनुभयो । विगतका वर्षहरुमा पनि यही अनुपातमा शल्यक्रिया हुने गरेको छ ।

    अस्पतालमा आउने बिरामीको सङ्ख्या धेरै रहेको छ । विभिन्न कारणले आमा र शिशुको उपचारका क्रममा मृत्यु हुने गरेको अस्पतालले जनाएको छ । सूचना अधिकारी पौडेलका अनुसार गत आवमा चार जना आमाको मृत्यु भएको थियो भने अघिल्लो आवमा यो सङ्ख्या पाँच रहेको थियो । जन्मिएपछि गत वर्ष ३१ जना शिशुको निधन भएको थियो । उहाँका अनुसार अघिल्लो आवमा यो सङ्ख्या २७ रहेको थियो ।

    अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुनिलमणि पोख्रेलका अनुसार ठूलो सङ्ख्यामा प्रसूति हुने क्रममा विभिन्न कारणले आमा र बच्चाको निधन हुने गरेको छ । यो सङ्ख्या राष्ट्रिय रुपमा कम रहेको र अझै तल झार्ने क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।

    अस्पतालमा रहेका पुराना, अनुभवी र दक्ष चिकित्सक एवं नर्सिङ कर्मचारीहरुका कारण सबै तिरबाट बच्चा जन्माउनका लागि यहाँ आउने गरेको पोख्रेलको भनाइ छ । बच्चा जन्माउने काममा ८५ प्रतिशत भूमिका नर्सिङ कर्मचारीहरुको हुने चिकित्सकहरु बताउँछन् । भरतपुर अस्पतालमा ३५ वर्षदेखि प्रसुती विभागमा काम गरेका अनुभवी कर्मचारी रहेका छन् । पोख्रेलका अनुसार प्रसूति कक्ष (लेवर रुम) मा १९ जना नर्सिङ कर्मचारी रहेको र उनीहरु चौबिसै घण्टा उपलब्ध हुने गरेका छन् ।

    अस्पतालमा १० जना प्रसूतिका विशेषज्ञ चिकित्सक रहेका छन् । पोख्रेलका अनुसार छिमेकी मेडिकल कलेज, क्यान्सर अस्पताल र अन्य अस्पतालहरुका चिकित्सकले पनि आफ्ना आफन्तहरु प्रसूति गराउन भरतपुर अस्पताल नै ल्याउने गर्दछन् ।
    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले दक्ष जनशक्ति, चौबिसै घण्टा चिकित्सकसहितको सेवा, बिरामीलाई दिइने प्राथमिकता, निःशुल्क प्रसूति सेवा लगायतका कारण यो अस्पतालमा प्रसूति गराउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुँदै गएको बताउनुभयो । अस्पतालमा छुट्टै सुविधासम्पन्न प्रसूतिगृह निर्माण गरी शिशु सघन उपचार कक्षको क्षमता विस्तार गर्न आफू लागिपरेको मेडिकल सुपरिटेन्डेन्ट डा तिवारीले बताउनुभयो ।

    अस्पतालमा नै देशभरका नर्सहरुलाई तालीम दिने केन्द्र रहेको भन्दै उहाँले यहाँका दक्ष नर्सिङ कर्मचारीका कारण प्रसूतिमा थप सहजता आएको बताउनुभयो । निजीमा प्रसूति गराउँदा ठूलो रकम खर्च हुने भए पनि सरकारी अस्पतालमा निःशुल्क प्रसूति सेवा र शिशु सघन उपचार कक्षमा सेवा प्राप्त हुने भएकाले सबैलाई सहजता मिलेको उहाँले बताउनुभयो । निजी अस्पतालमा शल्यक्रिया गरेर बच्चा झिक्न रु ५० हजार हाराहारी खर्च हुने गर्दछ । सरकारी अस्पतालमा प्रसूति गराउँदा यहाँको जन्म प्रमाणपत्रपछि सम्म काम लाग्ने र भरपर्दो हुने गर्दछ ।

    महिलाले सुत्केरी हुनुअघि कम्तीमा चार पटक गर्भ परीक्षण गर्नुपर्ने हुन्छ । परीक्षणलाई अझ बढी व्यवस्थित गर्नका लागि अस्पताल प्रशासन लागिपरेको उहाँको भनाइ छ । नयाँ भवन भएसँगै सबै व्यवस्थित हुने उहाँले जानकारी दिनुभयो ।

    अस्पतालको शिशु सघन उपचार कक्ष १२ श्ययाको मात्र रहेको छ । जसका कारण यहाँ आमा राखेर श्ययाको अभावमा शिशुलाई अन्य अस्पतालको शिशु सघन उपचार कक्षमा राख्ने बाध्यता रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.