सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गैंडाकोटमा अचानक दुई बच्चाको निधन


  •    न्युजभित्तो/६ आश्विन २०७८, बुधबार १५:०१ 
  • नवलपुर ६ असोज । पूर्वी नवलपरासीमा राति अचानक दुई जना बच्चाको निधन भएको छ। अस्थायी प्रहरी पोष्ट बेल्डियाले दिएको जानकारीअनुसार गैंडाकोट–१४, अमरापुरी बस्ने भिमप्रसाद सापकोटाकी ७ वर्षीय छोरी सृष्टी सापकोटाको सुतिरहेकै अवस्थामा निधन भएको छ।

    राति आमासँगै सुतेकी बालिका बिहान अबेरसम्म नउठेपछि आमा गई उठाउँदा बालिका मृत अवस्थामा भेटिएको हो। प्रहरीले घटनास्थल सुरक्षित राखी अनुसन्धान थालेको जनाएको छ। बालिकाको शब भरतपुर अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको गैंडाकोट प्रहरीले जनाएको छ।

    त्यसैगरी गैडाकोट नगरपालिका १ बस्ने प्रेम सुनारको छोरा वर्ष अं। ७ का आयुष वि।क।को पनि निधन भएको छ। खाना खाई सुतेका बालक राति अचानक पेट दुखेर बिरामी भएपछि उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगिएकोमा उनको उपचारकै क्रममा राति नै निधन भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ। बालकको शव पनि आफन्तले बुझिसकेका छन्। दुवैको मृत्युको कारण भने हालसम्म खुलेको छैन।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.