सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चन्द समूहका केन्द्रीय सदस्यसहित तीन जना पक्राउ


  •    /२२ श्रावण २०७६, बुधबार १८:३२ 
  • रुकुमपश्चिम । नेत्रविक्रम चन्द नेतृत्वको समूहका केन्द्रीय सदस्यसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले केन्द्रीय सदस्य ४८ वर्षीय श्यामबहादुर बोहरालाई पक्राउ गरेको हो ।

    जिल्लाको त्रिवेणी गाउँपालिका–२ का ४८ वर्षीय बोहरालाई मङ्गलबार राति १० बजे वडा नं ६ मुरुबाट प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय सदस्य बोहरासँगै सो समूहका अन्य दुई कार्यकर्ता पनि पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा विद्यार्थी सङ्गठनका जिल्ला सम्मेलन आयोजक समिति सहसंयोजक त्रिवेणी गाउँपालिका–२ का १९ वर्षीय प्रेमप्रशान्त बोहरा र रुकुमपूर्वका जिल्ला सम्मेलन आयोजक समिति संयोजक आठबीसकोट नगरपालिका–११ का १८ वर्षीय हरि पुन रहेका प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

    सो क्रममा मुरुमा सो समूहका नेता तथा कार्यकर्ता जम्मा भएर मङ्गलबार राति शङ्कास्पद गतिविधि सञ्चालन गरिरहेका अवस्थामा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख खड्काले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.