सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१३४ मध्ये १२१ तुइन विस्थापन, केपी ओली पहिलो पटक प्रम हुँदा गरेका थिए तुइन हटाउने निर्णय


  •    /२२ श्रावण २०७६, बुधबार १७:३४ 
  • काठमाडौँ । केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा मुलुकभरका तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने पहिलो निर्णय थियो । अहिले ओली दोस्रो पटक प्रधानमन्त्री भइरहँदा उक्त निर्णयले मूर्त रुप लिन थालेको छ ।

    सोही निर्णयलाई पछ्याउँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत आर्थिक वर्षमा १३४ मध्ये १२१ तुइन विस्थापन गरेको छ । सरकारको तुइन विस्थापन गर्ने योजनाअनुसार ती तुइन विस्थापन गरिएको मन्त्रालयका प्रवक्ता भूपाल बरालले जानकारी दिनुभयो ।

    प्रदेश नं १ मा पाँच, प्रदेश नं ३ मा १९, गण्डकी प्रदेशमा २६, प्रदेश नं ५ मा १७, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा २६ वटा तुइन विस्थापन गरिएको छ । तुइन विस्थापनबाट तुइन दुर्घटनाबाट हुने मानवीय क्षतिमा कमी आएको र आर्थिक–सामाजिक क्रियाकलापमा पहुँच वृद्धि भएको जनाइएको छ ।

    यसैगरी मन्त्रालयले ५०० झोलुङ्गे पुलमध्ये ४९५ वटा निर्माण गरिएको जनाएको छ । प्रदेश नं १ मा ८४, प्रदेश नं २ मा २०, प्रदेश नं ३मा ७३, गण्डकी प्रदेशमा १०२, प्रदेश नं ५ मा ६४, कर्णाली प्रदेशमा ८७ र सुदूरपश्चिम प्रदेशमा ६५ पुल निर्माण गरिएको छ ।

    यसैगरी मन्त्रालयले १०३ वटा पुल बनाउने लक्ष्य लिएकामा ७३ वटा निर्माण गरिएको छ । प्रदेश नं १मा १३, प्रदेश नं २मा १२ प्रदेश नं ३ मा २१, गण्डकी प्रदेशमा १२ प्रदेश नं ५ मा १०, कर्णाली प्रदेशमा तीन वटा र सुदूरपश्चिम प्रदेशमा दुई वटा पुल बनेका छन् । पुल निर्माण भएपछि यातायातमा सहज भएको छ ।

    यसैगरी मन्त्रालयले एक हजार २३९ किलोमिटर सडक बनाउने लक्ष्य लिएकोमा ६०५ किलोमिटर बनाएको छ । प्रदेश नं १ मा ९९ किमी, प्रदेश नं २ मा ८९ किमी, प्रदेश नं ३ मा १७९ किमी, गण्डकी प्रदेशमा ९२ किमी, प्रदेश नं ५ मा ११६ किमी, कर्णाली प्रदेशमा २० किमी र सुदूरपश्चिममा १८ किमी सडक निर्माण गरिएको छ ।

    यसैगरी मन्त्रालयले प्रदेश नं १ मा ९८६ किमी, प्रदेश नं २ मा एक हजार २०० किमी, प्रदेश नं ३ मा एक हजार ३५ किमी, गण्डकी प्रदेशमा एक हजार १५८ किमी, प्रदेश नं ५ मा एक हजार २५० किमी, कर्णाली प्रदेशमा एक हजार १४५ किमी र सुदूरपश्चिम प्रदेशमा ९७५ किमी सडक मर्मत गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.