१३४ मध्ये १२१ तुइन विस्थापन, केपी ओली पहिलो पटक प्रम हुँदा गरेका थिए तुइन हटाउने निर्णय
/२२ श्रावण २०७६, बुधबार १७:३४
काठमाडौँ । केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा मुलुकभरका तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने पहिलो निर्णय थियो । अहिले ओली दोस्रो पटक प्रधानमन्त्री भइरहँदा उक्त निर्णयले मूर्त रुप लिन थालेको छ ।
सोही निर्णयलाई पछ्याउँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत आर्थिक वर्षमा १३४ मध्ये १२१ तुइन विस्थापन गरेको छ । सरकारको तुइन विस्थापन गर्ने योजनाअनुसार ती तुइन विस्थापन गरिएको मन्त्रालयका प्रवक्ता भूपाल बरालले जानकारी दिनुभयो ।
प्रदेश नं १ मा पाँच, प्रदेश नं ३ मा १९, गण्डकी प्रदेशमा २६, प्रदेश नं ५ मा १७, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा २६ वटा तुइन विस्थापन गरिएको छ । तुइन विस्थापनबाट तुइन दुर्घटनाबाट हुने मानवीय क्षतिमा कमी आएको र आर्थिक–सामाजिक क्रियाकलापमा पहुँच वृद्धि भएको जनाइएको छ ।
यसैगरी मन्त्रालयले ५०० झोलुङ्गे पुलमध्ये ४९५ वटा निर्माण गरिएको जनाएको छ । प्रदेश नं १ मा ८४, प्रदेश नं २ मा २०, प्रदेश नं ३मा ७३, गण्डकी प्रदेशमा १०२, प्रदेश नं ५ मा ६४, कर्णाली प्रदेशमा ८७ र सुदूरपश्चिम प्रदेशमा ६५ पुल निर्माण गरिएको छ ।
यसैगरी मन्त्रालयले १०३ वटा पुल बनाउने लक्ष्य लिएकामा ७३ वटा निर्माण गरिएको छ । प्रदेश नं १मा १३, प्रदेश नं २मा १२ प्रदेश नं ३ मा २१, गण्डकी प्रदेशमा १२ प्रदेश नं ५ मा १०, कर्णाली प्रदेशमा तीन वटा र सुदूरपश्चिम प्रदेशमा दुई वटा पुल बनेका छन् । पुल निर्माण भएपछि यातायातमा सहज भएको छ ।
यसैगरी मन्त्रालयले एक हजार २३९ किलोमिटर सडक बनाउने लक्ष्य लिएकोमा ६०५ किलोमिटर बनाएको छ । प्रदेश नं १ मा ९९ किमी, प्रदेश नं २ मा ८९ किमी, प्रदेश नं ३ मा १७९ किमी, गण्डकी प्रदेशमा ९२ किमी, प्रदेश नं ५ मा ११६ किमी, कर्णाली प्रदेशमा २० किमी र सुदूरपश्चिममा १८ किमी सडक निर्माण गरिएको छ ।
यसैगरी मन्त्रालयले प्रदेश नं १ मा ९८६ किमी, प्रदेश नं २ मा एक हजार २०० किमी, प्रदेश नं ३ मा एक हजार ३५ किमी, गण्डकी प्रदेशमा एक हजार १५८ किमी, प्रदेश नं ५ मा एक हजार २५० किमी, कर्णाली प्रदेशमा एक हजार १४५ किमी र सुदूरपश्चिम प्रदेशमा ९७५ किमी सडक मर्मत गरेको छ ।