सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नगरपालिकाले तोक्यो मदिरा सेवन गर्ने समय


  •    /२२ श्रावण २०७६, बुधबार १२:२४ 
  • जाजरकोट । मदिरा सेवनबाट अशान्ति र अमर्यादित कार्य भएको भन्दै नलगाड नगरपालिकाले मदिरा सेवन गर्ने समय तोकेको छ ।

    नगरपालिकाका १३ नमूना बस्तीमा छ महीनाभित्र पूर्णरूपमा मदिरा निषेध गर्ने र अन्य ठाउँमा नगरपालिकाले तोकेको समयमा मात्र सेवन गर्न उर्दी जारी गरेको छ । नगरपालिकाको पाँचौँ नगरसभाबाट नमूना बस्तीबाहेक अन्य ठाउँमा साउन १ गतेदेखि लागू हुने गरी कात्तिक मसान्तसम्म बेलुका ७ बजेदेखि ९ बजेसम्म मात्र मदिरा सेवन गर्न पाइने निर्णय गरिएको छ ।

    त्यसैगरी मङ्सिर १ देखि फागुन ३० गतेसम्म बेलुका ६ बजेदेखि ८ बजेसम्म सेवन गर्न पाइने निर्णय भएको छ । त्यस्तै चैत १ गतेदेखि २०७७ असार मसान्तसम्म ७ बजेदेखि ९ बजेसम्म मात्र मदिरा सेवन गर्न पाइने उल्लेख छ । छिमेकी जिल्ला रुकुम पश्चिम आठविसकोट नगरपालिकाको सिको गर्दै नलगाड नगरपालिकाले मदिरा निषेध गर्ने अभियान थालेको हो । नगरपालिकाको यो निर्णयमा कस्तो खालको र कतिसम्म मदिरा सेवन गर्न पाइने र निर्णयको उल्लङ्घन गरे के कारवाही हुने भन्ने कुरा खुलाइएको छैन ।

    नगरपालिकाले १३ ठाउँमा नमूना बस्ती निर्माण गरी त्यहाँ साँचिक्कै कामको नमूना हुनुपर्ने अवधारणा लागू गरी बजेटसमेत व्यवस्था गरेको छ । नमूना गाउँमा स्वागतद्वार, सरसफाइ, खानेपानी, खोपयुक्त हुनुपर्ने लगायतको मापदण्ड बनाएर काम भइरहेको छ । यो भन्दा अगाडि नलगाड नदी र भेरी नदीमा माछा मार्न प्रतिबन्ध लगाएको नगरपालिकाले अहिले मदिरा सेवन गर्न समय तोकेको हो । नगरपालिकाले सेवन नगर्न उर्दी जारी गरे पनि आम नागरिकको पहुँचमा सूचना प्रवाह नहुँदा कार्यान्वयनमा समस्या हुने देखिएको छ ।

    स्थानीय सरकारले सञ्चारमाध्यममा सूचना प्रसारण र प्रकाशन नगर्ने तर फेसबुकमा मात्र चिठ्ठी प्रकाशित गर्दा आम नागरिकसम्म जानकारी कम हुने गरेको स्थानीय पत्रकार बद्री पन्तले बताउनुभयो । मदिरा निषेध गरे पनि स्थानीय सरकारका प्रतिनिधि आफै मदिरा सेवन गरेको समेत फेला परेको स्थानीयवासीको गुनासो छ । सबै ठाउँमा प्रहरीको उपस्थिति नहुने र जनप्रतिनिधिले निर्णय कार्यान्वयनमा लापरवाही गर्दा निर्णय कार्यान्वयनमा समस्या भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो
    सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’
    खेलकुद सप्ताह सुरु, दुई खेलाडीलाई नगदसहित सम्मान
    • मदेइरामा सञ्चालित शिविरबाट १०० जनालाई कूटनीतिक सेवासहित १८ लाख राजस्व सङ्कलन
    • एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा
    • भ्रष्टाचार नियन्त्रण आफँैबाट सुरु गर्न युवा पुस्ताको जोड
    • भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.