सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुनःनिर्माणको बाँकी काम आयोजना कार्यान्वयन एकाइले गर्ने


  •    न्युजभित्तो/३१ भाद्र २०७८, बिहीबार १०:१८ 
  • सिन्धुपाल्चोक, ३१ भदौ । अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले गर्दै आएको भूकम्पपछिको पुनःनिर्माणको काम जिल्ला आयोजना कार्यान्वयन एकाइ (आवास तथा भवन) कार्यालयले गर्ने भएको छ ।

    यही भदौ ३० गते जिमालीका आयोजना प्रमुख भरतप्रसाद आचार्यले आवास तथा भवन एकाइका जिल्ला आयोजना प्रमुख टङ्कप्रसाद गौतमलाई कार्यालयमा रहेको भौतिक (जिन्सी)सामग्री हस्तान्तरण गर्नुभयो ।

    विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति पुयाएका निजी आवास तथा सार्वजनिक सम्पदाको पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गर्दै आएको थियो ।

    प्राधिकरणले सम्पन्न गर्न बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेसँगै सो प्रक्रियामा गएको हो । यसभन्दा अगावै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले राष्ट्रिय पुनःनिर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

    प्राधिकरणले सम्पादन गरेर बाँकी रहेका काम सम्बन्धित निकायबाटै हुने गरी हस्तान्तरण गर्ने निर्णय गरे पनि निजी आवास पुनःनिर्माणको काम भने जिमाली र भवनलाई समायोजन गरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मातहत नै रहने गरी जिल्लामा जिल्ला आयोजाना कार्यान्वयन एकाइ (आवास तथा भवन) कार्यालय भने रहने भएको छ ।

    आयोजनाका प्रमुखले यसभन्दा अघि पनि निमित्त जिल्ला आयोजना प्रमुख रहेर काम गरेका थिए । जिल्लामा हालसम्म पटक पटक गरी कायम भएका पुनःनिर्माण र प्रवलीकरण गरी ९१ हजार ५४ लाभग्राही रहेको जिमालीले जानकारी दिएको छ । त्यसअनुसार पुनःनिर्माणबापत रु तीन लाख र प्रवलीकरणबापत रु एक लाख प्राप्त गर्ने गरेका छन् ।

    जम्मा लाभग्राहीमध्ये प्रथम किस्ता ८९ हजार ५५, दोस्रो किस्ता ८६ हजार ९९० र तेस्रो किस्ता ८२ हजार ७३९ ले लिएका छन् । अझै आठ हजार ३१५ ले अन्तिम किस्ताबापतको रकम लिन बाँकी रहेको देखिन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.