सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश ३ का बाढी पहिरो पीडितलाई तत्काल राहत रकम उपलब्ध गराइने


  •    /२१ श्रावण २०७६, मंगलवार २१:२० 
  • हेटौंडा । प्रदेश नम्वर ३ को विपद व्यवस्थापन समितिले बाढी, पहिरो, डुवान लगायतका घटनामा परि विस्थापित भएकाहरुलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । समितिका अध्यक्ष प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले प्रदेशका बाढी, पहिरो तथा डुवानमा परेर विस्थापित भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

    बैठकले अबिरल वर्षाका कारण आएको बाढी, पहिरो, डुवान लगायतका घटनामा परि खाद्यान्न, लत्ताकपडालगायत घर पूर्ण रुपमा नष्ट भएका वा पूर्ण नष्ट नभएतापनि सम्भावित खतराबाट जोगिन अन्यत्र सर्नुपर्ने वा विस्थापित भई सुरक्षित स्थानमा नयाँ आश्रयस्थल निर्माण गर्नुपर्ने अवस्थाका परिवारलाई प्रति परिवार १ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । समितिले राहत रकम तत्काल उपलब्ध गराउन कार्यकारी समितिलाई निर्देशन समेत दिएको छ ।

    त्यस्तै बैठकले मकवानपुर, सिन्धुली, दोलखा र ललितपुर जिल्लाका बाढी, पहिरो, डुवानलगायत घटनाबाट अति प्रभावित स्थानीय तहहरु पहिचान गरि ती स्थानीय तहहरुमा भएका खानेपानी, सिंचाई, सडक, विद्यालयलगायतको भौतिक संरचनाको क्षति विवरण सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिमार्फत माग गर्ने समेत निर्णय गरेको छ । साथै जिल्ला विपद व्यवस्थापन समितिबाट प्राप्त क्षतिको विवरणका आधारमा पुनर्निर्माणका लागि अधिकतम ५० लाख रुपैयाँसम्म स्थानीय तहलाई उपलब्ध गराउने निर्णय गरेको कार्यकारी समितिका अध्यक्ष प्रदेश नम्वर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।

    बैठकले विपदको सामना गर्न सबै निकाय, सामाजिक संघ संस्था, उद्योगी व्यापारी एवम् सर्वसाधारणलाई सहयोगका लागि सार्वजनिक आव्हान गर्ने निर्णय समेत गरेको मन्त्री जम्कट्टेलले जानकारी दिनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या
    • राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.