सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा भ्रमण वर्षको तयारी तीव्र


  •    /२१ श्रावण २०७६, मंगलवार २०:१५ 
  • चितवन । तेस्रो पर्यटकीय गन्तव्य चितवनमा भ्रमण वर्ष २०२० को तयारी शुरु गरिएको छ । सरकारी र निजी क्षेत्रले सहकार्य गरेर राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा यहाँको पर्यटकीय गन्तव्यको प्रचारका लागि गृहकार्य थालिएको हो ।

    जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार जिल्लास्थित सरोकारवालाहरूको सहभागितामा जिल्लास्तरीय सहजीकरण तथा आयोजक समिति गठन गर्न लागिएको छ । यसैगरी जिल्लाका सात वटै पालिकामा प्रमुखको संयोजकत्वमा आयोजक समिति गठन गर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

    ती समितिहरूमा सरोकारवाला सबै पर्नेछन् । समितिका सदस्यबाट विभिन्न उपसमिति निर्माण गरी भ्रमण वर्ष सन् २०२० लाई प्रभावकारी बनाउने काम गरिने डल्लाकोटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चितवनका पर्यटकीय गन्तव्यहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चिनाउने गरी हामी काम गर्दैछौँ ।”

    भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरस्तरीय सहजीकरण तथा आयोजक समिति गठन गरी भ्रमण वर्षलाई प्रभावकारी बनाउन विभिन्न गतिविधिहरू अघि बढाउन लागिएको बताउनुभयो । महानगरपालिका राप्ती र नारायणी नदीको बीचमा रहेको छ । महानगरको अधिकांश भाग चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ । महानगर प्रमुख दाहालले भन्नुभयो, “भ्रमण वर्षको प्रचारप्रसारमा कुनै कमी हुन दिने छैनौँ ।”

    पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले जनवरी १ तारिखमा स्मारकसहित भ्रमण वर्षका कार्यक्रम शुरु गरिने बताउनुभयो । निजी र सरकारी क्षेत्रको समन्वयमा कार्यक्रमहरू हुने तथा नयाँ गन्तव्यहरूको समेत पहिचान गरी प्रचारप्रसार गरिने उहाँले जानकारी दिनुभयो ।

    क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले नियमित कार्यक्रमका अतिरिक्त अन्तर्राष्ट्रिय हात्तीपोलो, दशैँ महोत्सव, नेपाली नयाँ वर्ष विशेष कार्यक्रमजस्ता पर्यटक प्रवर्धन गर्ने गतिविधि गर्ने तयारी गरिएको बताउनुभयो । हाल जिल्लामा वार्षिक दुई लाख हाराहारी पर्यटक आउने गरेकामा यो सङ्ख्यालाई दोब्बर बनाउने गरी प्रचारप्रसारमा जुट्ने घिमिरेको भनाइ छ ।

    के–कस्ता कार्यक्रम प्रभावकारी हुन्छन् भन्ने विषयमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनसहितको विज्ञ समूहहरूसँग छलफलसमेत भइरहेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । भ्रमण वर्षमा चितवनमा के भयो भन्ने प्रश्नको जवाफ दिन सक्ने गरी कार्यक्रम गरिने घिमिरेको भनाइ छ ।

    सौराहाका होटलहरूले स्तरोन्नतिका लागि कामसमेत गरिरहेका छन् । होटलमा रङरोगन गर्ने, क्षमता विस्तार गर्ने, पौडीपोखरी निर्माण गर्नेजस्ता काम भइरहेका छन् । चितवनमा मुख्यरूपमा राष्ट्रिय निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तु बाघ, एकसिङ्गे गैँडा हेर्न धेरै पर्यटक आउने गर्दछन् । यसका अतिरिक्त पवित्र तीर्थस्थल देवघाटधाम, माडीको गोद्धक, सोमेश्वरगढी, पाँचपाण्डव, वाल्मिकी आश्रम, जिरौनाको धर्मधामलगायतका स्थलमा पर्यटक आउने गर्दछन् ।

    चितवन उच्च पहाडी क्षेत्रदेखि समथर मैदानसम्म रहेकाले सिराइचुली, उपारदाङ्गढीलगायतका पहाडी क्षेत्रमा पनि पर्यटक पुग्ने गर्दछन् । यसै जिल्लाबाट केबलकार चढेर मनकामना जानेहरूको सङ्ख्या पनि ठूलो हुने गर्दछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.