सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारको राम्रो कामको समर्थन गर्छौँ : कांग्रेस सभापति देउवा


  •    /२० श्रावण २०७६, सोमबार २२:१७ 
  • स्याङ्जा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले गरेका राम्रा कामको समर्थन गर्ने बताउनुभएको छ । सभापति देउवाले भन्नुभयो, “सरकारले गर्ने राम्रो कामको काङ्ग्रेसले समर्थन गर्छ तर मुलुकलाई अहित हुने खालका काममा समर्थन गर्न सकिदैन, यो प्रतिपक्षको धर्म नै हो ।’’

    नेपाली काङ्ग्रेस स्याङ्जा तत्कालीन जिल्ला सभापति स्वर्गीय कमलप्रसाद पङ्गेनीको प्रथम स्मृति सभामा आज आयोजित कार्यक्रममा सभापति देउवाले सरकारका कतिपय गतिविधि संविधान विपरीत भइरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “मुलुक र जनताको हित विपरीत सरकारका कतिपय गतिविधि देखिएका छन् । जनतालाई सचेत गराउँदै राष्ट्र हित विपरीत भएका गतिविधि रोक्न प्रतिपक्षी दल लागिपरेको छ ।”

    फरक प्रसङ्गमा सभापति देउवाले कांग्रेस एकढिक्का हुनुको विकल्प नभएको बताउँदै आगामी दिनमा कांग्रेस एक भएर अगाडि बढ्नेछ भन्नुभयो । स्व पङ्गेनी एक कर्मठ नेता भएको र उहाँलाई गुमाउनु पर्दा पार्टीलाई धेरै ठूलो क्षति भएको सभापति देउवाले बताउनुभयो ।

    सो अवसरमा काङ्गे्रस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ र गगन थापाले सरकारले जनताको दुई तिहाइ मतको अवमूल्यन गरेको, जनतालाई राहत पुग्ने काम गर्न नसकेको टीप्पणी गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ: सञ्चारमन्त्री खरेल
    ट्राफिक सप्ताह–२०८२: ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी
    विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
    • निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
    • सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने
    • गण्डकीमा चुनावी गतिविधि बढ्दै
    • कालिका पावर कम्पनीको आम्दानी बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.