देशभरका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।
दोस्रो चरणको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोलि ७७ वटै जिल्लाका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका २८ लाखभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउन शुरु गरिएको हो ।
आज खान छुटेका बालबालिकालाई भोलि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भिटामिन ए कार्यक्रमलाई सहजीकरण गर्न सबै स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।
पहिलो चरणअन्तर्गत यसअघि भिटामिन ए र जुकाको औषधि खुवाएका बालबालिकालाई यसपटक पनि खुवाउनुपर्ने मन्त्रालयले जनाएको छ ।
काठमाडौं