सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागलुङमा पहिरोमा परी तीन जनाको मृत्यु, सात घाइते


  •    /२० श्रावण २०७६, सोमबार १३:१३ 
  • बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेलामा गए राति गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । स्थानीय ओमबहादुर श्रीपालीकी ४५ वर्षीया श्रीमती पञ्चकुमारी, देवेन्द श्रीपालीकी ७० वर्षीया आमा असारी र १२ वर्षीय छोरा प्रवीणको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    पहिरोमा हराएका असारी र प्रवीणको शव केहीबेर अघि भेटिएको बोङ्गादोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदमबहादुर नेपालीले जानकारी दिनुभयो । पञ्चकुमारीको शव भने बिहानै पहिरोबाट निकालिएको थियो ।

    पहिरोमा परी सात जना घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइतेमध्ये ओमबहादुर श्रीपालीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पहिरोले पशु चौपायासहित भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ ।

    क्षतिको यकिन विवरण आउन समय लाग्ने प्रहरीको भनाइ छ । १५० मिटरमाथिबाट खसेको पहिरोले पाँच घरमा क्षति पुर्याएको जनाइएको छ । उद्धारमा प्रहरी, जनप्रतिनिधिसहित स्थानीयवासी खटिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.