सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका दुई पत्रकारलाई प्रेस चौतारी दियो जोखिम पत्रकारिता पुरस्कार


  •    न्युजभित्तो/१९ भाद्र २०७८, शनिबार १७:३८ 
  • चितवन, १९, भदौ । प्रेस चौतारी नेपाल, जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशिल दुई जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कारसहित सम्मान गरेको छ । कोरोना भाइरसको महामारी, बाढि, पहिरो र डुवानको जोखिम क्षेत्रमा पुगेर रिर्पोटिङ गर्ने चितवन पोष्ट दैनिकका कुलप्रसाद काफ्ले र नारायणी अनलाइनका हिरालाल आचार्यलाई नगद १०/१० हजार रकमसहित जोखिम पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।

    शनिवार जिल्ला समन्वय समिति चितवनको सभाहलमा आयोजित कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेलले पुरस्कार घोषणा गर्नुभएको थियो । सो पुरस्कारको रकम एनआएनए जापानका पूर्व सचिव तथा चितवन समाज जापानका पूर्व अध्यक्ष सरोज कण्डेलले प्रदान गरेका हुन् ।

    कार्यक्रमकमा प्रमुख अतिथि एवम् नेकपा एमाले चितवन जिल्ला अध्यक्ष तथा राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति पार्वती रावल, विशेष अतिथि एमाले बाग्मती प्रदेश कमिटी सदस्य जगन्नाथ थपलिया, प्रेस चौतारी नेपाल बागमती प्रदेश सह–संयोजक शिशिर सिंखडा, पत्रकार महासंघका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेल, पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस संगठन चितवनका अध्यक्ष प्रकाश ज्ञावाली लगायतले मन्तव्य राख्नु भएको थियो ।

    प्रेस चौतारी नेपाल चितवन शाखाका अध्यक्ष सुवास पण्डितले चितवनमा प्राकृतिक विपत्ति (बाढी, पहिरो) को रिर्पोटिङ्गका विषय होस् वा निकुञ्जमा रिर्पोटिङ गर्न जाँदा होस् वा महामारीका बेला स्वास्थ्य क्षेत्रको विषयमा पत्रकारिता गर्दा होस् पत्रकारहरुले जोखिम मोलिरहनु परेको बताउनुभयो । यस्तै समाजिक विकृती एवम् दुरुपयोगका विषयमा आवाज उठाउन खोज्दा कहिलेकाहीँ प्रेस स्वतन्त्रता विरुद्धका गतिविधिहरु चितवनमा हुने गरेको उहाँको भनाई थियो ।

    सो अवसरमा कोरोना भाइरस संक्रमण उच्च समयमा पुगेको बेला पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री चौतारीमार्फत उपलब्ध गराउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई मायाको चिनोबाट प्रदान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.