चितवनका दुई पत्रकारलाई प्रेस चौतारी दियो जोखिम पत्रकारिता पुरस्कार
न्युजभित्तो/१९ भाद्र २०७८, शनिबार १७:३८
चितवन, १९, भदौ । प्रेस चौतारी नेपाल, जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशिल दुई जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कारसहित सम्मान गरेको छ । कोरोना भाइरसको महामारी, बाढि, पहिरो र डुवानको जोखिम क्षेत्रमा पुगेर रिर्पोटिङ गर्ने चितवन पोष्ट दैनिकका कुलप्रसाद काफ्ले र नारायणी अनलाइनका हिरालाल आचार्यलाई नगद १०/१० हजार रकमसहित जोखिम पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।
शनिवार जिल्ला समन्वय समिति चितवनको सभाहलमा आयोजित कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेलले पुरस्कार घोषणा गर्नुभएको थियो । सो पुरस्कारको रकम एनआएनए जापानका पूर्व सचिव तथा चितवन समाज जापानका पूर्व अध्यक्ष सरोज कण्डेलले प्रदान गरेका हुन् ।
कार्यक्रमकमा प्रमुख अतिथि एवम् नेकपा एमाले चितवन जिल्ला अध्यक्ष तथा राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति पार्वती रावल, विशेष अतिथि एमाले बाग्मती प्रदेश कमिटी सदस्य जगन्नाथ थपलिया, प्रेस चौतारी नेपाल बागमती प्रदेश सह–संयोजक शिशिर सिंखडा, पत्रकार महासंघका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेल, पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस संगठन चितवनका अध्यक्ष प्रकाश ज्ञावाली लगायतले मन्तव्य राख्नु भएको थियो ।
प्रेस चौतारी नेपाल चितवन शाखाका अध्यक्ष सुवास पण्डितले चितवनमा प्राकृतिक विपत्ति (बाढी, पहिरो) को रिर्पोटिङ्गका विषय होस् वा निकुञ्जमा रिर्पोटिङ गर्न जाँदा होस् वा महामारीका बेला स्वास्थ्य क्षेत्रको विषयमा पत्रकारिता गर्दा होस् पत्रकारहरुले जोखिम मोलिरहनु परेको बताउनुभयो । यस्तै समाजिक विकृती एवम् दुरुपयोगका विषयमा आवाज उठाउन खोज्दा कहिलेकाहीँ प्रेस स्वतन्त्रता विरुद्धका गतिविधिहरु चितवनमा हुने गरेको उहाँको भनाई थियो ।
सो अवसरमा कोरोना भाइरस संक्रमण उच्च समयमा पुगेको बेला पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री चौतारीमार्फत उपलब्ध गराउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई मायाको चिनोबाट प्रदान गरिएको थियो ।