सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सदन खुलाउन सभामुखको प्रयास जारी


  •    /१९ श्रावण २०७६, आईतवार २१:२७ 
  • काठमाडौँ । प्रतिनिधिसभाको जारी अवरोध खुलाउने उद्देश्यले सभामुख कृष्णबहादुर महराले आज दलका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।

    सिंहदरबारस्थित उहाँकै कार्यकक्षमा सभामुख महराले प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजय गच्छदार, प्रमुख सचेतक बालकृष्ण खाँड, प्रतिपक्षी राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र नेता लक्ष्मणलाल कर्ण तथा सत्ता पक्षका तर्फबाट प्रमुख सचेतक देव गुरूङसँग छलफल गर्नुभएको हो ।

    नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङसँग फोनमा सहमतिका लागि सत्तापक्षबाट पहल गर्न आग्रह गर्नुभएको सभामुख महराको सचिवालयले जनाएको छ । छलफल सकारात्मक भएको र सोमबारदेखि जारी गतिरोध खुल्ने सभामुख महराले आशा व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजे बोलाइएको छ । साउन १६ गते बसेको सर्वदलीय बैठकले सहमतिका लागि प्रयास गर्ने निर्णय गरेअनुसार सो दिनको बैठक सूचना प्रकाशित गरी स्थगन गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.