सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सदन खुलाउन सभामुखको प्रयास जारी


  •    /१९ श्रावण २०७६, आईतवार २१:२७ 
  • काठमाडौँ । प्रतिनिधिसभाको जारी अवरोध खुलाउने उद्देश्यले सभामुख कृष्णबहादुर महराले आज दलका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।

    सिंहदरबारस्थित उहाँकै कार्यकक्षमा सभामुख महराले प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजय गच्छदार, प्रमुख सचेतक बालकृष्ण खाँड, प्रतिपक्षी राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र नेता लक्ष्मणलाल कर्ण तथा सत्ता पक्षका तर्फबाट प्रमुख सचेतक देव गुरूङसँग छलफल गर्नुभएको हो ।

    नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङसँग फोनमा सहमतिका लागि सत्तापक्षबाट पहल गर्न आग्रह गर्नुभएको सभामुख महराको सचिवालयले जनाएको छ । छलफल सकारात्मक भएको र सोमबारदेखि जारी गतिरोध खुल्ने सभामुख महराले आशा व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजे बोलाइएको छ । साउन १६ गते बसेको सर्वदलीय बैठकले सहमतिका लागि प्रयास गर्ने निर्णय गरेअनुसार सो दिनको बैठक सूचना प्रकाशित गरी स्थगन गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.