सिङ्गापुरको उपचार खर्च प्रधानमन्त्री आफैले बेहोर्ने
/१९ श्रावण २०७६, आईतवार २१:१२
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरमा हुने उपचार खर्च आफैले व्यवस्थापन गर्नुहुने भएको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओलीको सिङ्गापुरमा उपचार गर्दाको खर्च सरकारले नबेहोर्ने स्पष्ट पार्नुभयो ।
मन्त्रिपरिषद्को गत बिहीबारको बैठकको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले भन्नुभयो, “प्रधानमन्त्रीज्यूको स्वास्थ्य उपचारको खर्च आफैले बेहोर्नुहुनेछ, भ्रमण टोलीको आवतजावतको टिकट खर्च मात्रै सरकारले बेहोर्छ । भ्रमणका सदस्यमध्ये कर्मचारी संयन्त्र बाहेकका सहयोगीको ‘टिएडिए’ स्वीकृति गरिएको छैन ।”
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गर्दै स्वास्थ्य लाभको पनि कामना गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार राति सिङ्गापुर प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउने कार्यक्रम छ ।
आठ नागरिकता रद्द
सरकारले झुटो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेका आठ जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजहरुलाई नागरिकबाट हटाउने निर्णय गरेको छ । नागरिकता रद्द भएकामा अशोक साह, विन्दे महतो, दानादेवी महतो, सुशील महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो रहेका छन् ।
तीन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा
मन्त्रिपरिषद् बैठकले तीन जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा गर्ने निर्णय गरेको छ । जसअनुरुप पुष्पराम केसीलाई साबिकको कार्य तथा सीमा सुरक्षा विभागबाट सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा, नारायणबाबु थापालाई मानव स्रोत विभागबाट सीमा सुरक्षा र रामशरण पौडेललाई प्रशिक्षण प्रतिष्ठान कार्यालयबाट सशस्त्र प्रहरी बल प्रधान कार्यालयको मानव स्रोत विभागमा सरुवा गरिएको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताउनुभयो ।
उपनिर्वाचन मङ्सिर १४ गते
बैठकले स्थानीय तहको उपनिर्वाचनको मिति २०७६ मङ्सिर १४ गते तोक्ने निर्णय गरेको छ । निर्वाचन आयोगले रिक्त स्थानमा मङ्सिर १४ गते मिति तोक्न यही १७ गते सरकारलाई सिफारिस गरेको थियो । मुलुकका विभिन्न ३७ जिल्लामा ५० पदका लागि उपनिर्वाचन गर्ने आयोगले जनाएको छ । उपमहानगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष तथा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुनेछ ।
मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरीद (आठौँ संशोधन) नियमावली, २०७६ स्वीकृति गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ । यसले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।