सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा कोरोना संक्रमण दर लगातार ओरालो, आज ६७ संक्रमित थपिए


  •    न्युजभित्तो/१५ भाद्र २०७८, मंगलवार १५:५५ 
  • चितवन, १५ भदौं । चितवनमा कोरोना संक्रमण दर निरन्तर ओरालो लागेको छ ।

    स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार विगत २४ घण्टामा ६७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा ४९ जना, माडी नगरपालिकामा चार जना, खैरहनीमा दुई जना, रत्ननगरमा छ जना, राप्तीमा तीन जना, कालिकामा दुई जना र इच्छाकामनामा एक जना रहेका छन् ।

    योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ३६७ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा एक हजार २९३ जना र अस्पतालको आइसोलेसनमा ७४ जना रहेका छन् । यसअघि सक्रिय संक्रमितको संख्या झण्डै दुई हजार ५०० को हाराहारी र अस्पतालको आइसोलेसनमा झण्डै २०० संक्रमित रहेका थिए । सार्वजनिक आइसोलेसनमा सक्रिय संक्रमितको संख्या शून्य भएको छ ।

    कोरोना संक्रमितले भरिभराउ भएको चितवनका अस्पतालहरुमा बिरामीको संख्या विस्तारै घट्दै गइरहेको छ । विगत २४ घण्टामा चितवनका अस्पतालहरुमा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन भने केही समयअघि ३०० भन्दा धेरै कोरोनाका बिरामी भर्ना भएको चितवनमा अहिले १०८ जनाले उपचार गराइरहेका छन् । जसमा ३६ जना आईसीयूमा, भेन्टिलेटरमा नौ जना, एचडीयूमा २७ जना र जेनरल बेडमा ४५ जना बिरामीले उपचार गराइरहेका छन् । विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट ८ जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने
    सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई
    एसइईमा उत्कृष्ट नतिजा ल्याउने युनिकलाई एक लाख पुरस्कार
    • म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ
    • असामान्य जोडीको कथामा ‘गौँथली’
    • लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी
    • लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.