सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नगर सफाईमा आफै खटिनुभो प्रमुख छत्रराज


  •    /१८ श्रावण २०७६, शनिबार ११:३० 
  • गैंडाकोट । गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल आफै सरसफाईमा खटिनुभएको छ । शनिबार बिहान पूर्व–पश्चिम राजमार्गको गैंडाकोट खण्डमा सडक किनारामा टाँटिएका अव्यवस्थित फ्लेक्स, पोष्टर हटाउन प्रमुख पौडेल खटिनु भएको हो ।

    सफा सुन्दर हरियाली गैडाकोट निरन्तर शनिबार अभियानको १६ औं श्रृङ्खला अन्तर्गत भएको सरसफाई तथा वृक्षारोपण कार्यक्रममा नगरप्रमुखसँगै उपप्रमुख विष्णुकुमारी कँडेल र गैडाकोटका सरसफाई तथा हरियाली अभियानका अभियान्ताहरु सहभागी हुनुहुन्थ्यो ।
    सडक छेउछाउका पोलमा टाँगिएका अव्यवस्थित फ्लेक्सले नगरलाई कुरुप बनाएको भन्दै गैडाकोटमा फ्लेक्स हटाउने अभियान सुरु गरिएको हो ।

    प्रमुख पौडेलले गैडाकोटलाई सफा र सुन्दर शहरका रुपमा विकास गर्न अव्यवस्थित फ्लेक्स हटाइएको बताउनुभयो । उहाँले नगरपालिकासँग समन्वयनै नगरी फ्लेक्स राख्ने गरिएको बताउँदै फ्लेक्स राख्ने तर हटाउने तर्फ कसैले ध्यान नदिँदा त्यसले नगर कुरुप बनाएको बताउनुभयो । उहाँले सडक छेउकै फ्लेक्सकै कारण दुर्घटना समेत बढेको बताउनुभयो ।

    अभियानलाई निरन्तरता दिइने भन्दै उहाँले नगरपालिकाको समन्वय विना पुनः फ्लेक्स राखे कारवाही गर्ने चेतावनी दिनुभयो ।

    श्रृङ्खला अन्तर्गत वृक्षारोपण र फ्लेक्स हटाउने काम गरिएको कार्यक्रमका संयोजक गणेश सापकोटाले जानकारी दिनुभयो । उहाँले हप्ताएको एक दिन एक घण्टा समाजका लागि दिने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो । १६ औं श्रृङ्खलासम्म आइपुग्दा यसमा जोडिनेहरुको सङख्या बढ्दै गएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.