गैँडाकोटको थुम्सीमा तीन दिनदेखि अवरुद्ध पूर्वपश्चिम सडक अझै खुलेन
न्युजभित्तो/१३ भाद्र २०७८, आईतवार १४:५७
नवलपुर,१३ भदौ । पूर्वी नवलपरासीको गैँडाकोटकोट थुम्सीमा तीन दिनदेखि अबरुद्ध बनेको पूर्व पश्चिम सडक अझै खुल्न सकेको छैन । गैँडाकोटको चार स्थानमा डाइभर्सन भत्किएर शुक्रबारदेखि सडक अवरुद्ध भएको हो । भत्किएको डाइभर्सनमध्ये २३ स्मृति पुलमा भत्केको डाइभर्सन अझै खुल्न सकेको छैन ।
जिल्ला प्रहरी नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार २३ स्मृति पुलमा भत्केको डाईभर्सन नाघेर पानी बगेको कारण यातायात पुनःअवरुद्ध भएको हो । शनिबार राति केही समय यातायात एकतर्फी रुपमा सञ्चालनमा आएको भए पनि डाईभर्सन नाघेर पानी बगेपछि यातायात पुनः अवरुद्ध भएको जिल्ला प्रहरी नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।