सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘जनसङ्ख्या भन्दा जग्गाको टुक्रा धेरै; मान्छे तीन करोड, जग्गाको कित्ताकाट तीन करोड सात लाख’


  •    /१७ श्रावण २०७६, शुक्रबार २१:४४ 
  • भरतपुर । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले देशमा मानिसको जनसङ्ख्या भन्दा धेरै जग्गाको खण्डिकरण भएको बताउनुभएको छ । नेपाल भेटेरिनरी एशोसिएशनको वार्षिक साधारणसभालाई आज भरतपुरमा सम्बोधन गर्दै मन्त्री खनालले तीन करोड जनसङ्ख्या रहेको देशमा तीन करोड सात लाख जग्गाको कित्ताकाट भएको बताउनुभयो ।

    देशमा जमीनको खण्डिकरण बढ्दै गइरहेको भन्दै उहाँले कृषियोग्य जमीन मासेर घरको जङ्गलमा परिणत हुनु विडम्बना भएको बताउनुभयो । ‘९० लाख मानिस सुकुम्वासी भनिएर अव्यवस्थित बसोवास गरिरहेका छन्’, उहाँले भन्नुभयो’ “यसलाई व्यवस्थित गरिएन भने झन् भयावह स्थिति आउने देखिन्छ ।”

    मन्त्री खनालले कृषिमा निराशा मात्र नभइ आशाका क्षेत्र पनि धेरै रहेको बताउनुभयो । ‘पोल्ट्री क्षेत्र जस्तै अन्य कुरामा पनि आत्मनिर्भर हुन सकिन्छ,त्यसका लागि धेरै मेहनतको आवश्यकता छ’, उहाँले भन्नुभयो ।

    विभिन्न क्षेत्रको तालमेल हुन नसक्दा सोचेअनुसार कृषि उत्पादन हुननसकेको उहाँको भनाइ छ । कृषिमा आधुनिकिकरण आवश्यक रहेको भन्दै मन्त्री खनालले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र कृषिको अनुदानका विषयमा पुनःमूल्याङ्कन हुनुपर्ने धारणा राख्नुभयो ।

    उहाँले सरकारले कृषिमा युवा कार्यक्रम सञ्चालनको तयारी गरेको जानकारी दिनुभयो । तराईमा एकसय बिघाहा र पहाडमा १०० रोपनी एकीकृत गरेर कृषिखेती गर्नेलाई सरकारले सिँचाई, मल, बीउ र उपकरण उपलब्ध गराउने योजना अघि बढाएको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.