सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुन काण्डमा सर्वोच्चको फैसला : गोल्यानबाहेक अरुलाई धरौटीमा छाड्न अस्वीकार


  •    /१७ श्रावण २०७६, शुक्रबार १९:४५ 
  • कालिका खड्का/रासस

    काठमाडौँ । सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा व्यापारी महावीर गोल्यान बाहेकका अन्य सबैलाई धरौटीमा छाड्न नमिल्ने उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर गरेको छ ।

    न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले आज सो फैसला गरेको हो । व्यापारी गोल्यानलाई रु १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ भने अन्य सबैलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ ।

    जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हुँदै सर्वोच्च अदालतमा आएपछि सो फैसला भएको हो । सुन काण्डका आरोपीलाई जिल्ला अदालत मोरङले धरौटीमा छोड्न अस्वीकार गरेपछि उच्च अदालत विराटनगरले पनि धरौटीमा छोड्न अस्वीकार गरेको थियो ।

    सुन काण्डका आरोपीहरु सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी, गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, मदन सिलवाल, अमरमान डङ्गोल र बालकृष्ण श्रेष्ठसहित २८ जनालाई थुनामा राख्ने जिल्ला र उच्च अदालतको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.