सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाजुरामा पहिरोमा परी आमाछोरीको ज्यान गयो, पाँच घाइते


  •    /१७ श्रावण २०७६, शुक्रबार १०:४५ 
  • बाजुरा । लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन् । पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र छ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ ।

    राति करीब १ बजेतिर घरमाथिबाट पहिरो खसेको बताइएको छ । पहिरोमा परी थप पाँच घाइते भएका छन् । घाइते हुनेमा ९० वर्षीय जङ्गे चदारा, जडेनी चदारा, सुके चदारालगायत छन् । जङ्गे चदाराको गौमुल गाउँपालिकाको घटमुना शहरी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रनाउ भाटको भनाइ छ ।

    वर्षा नरोकिएका कारण गाउँमा थप त्रास फैलिएको वडा सदस्य प्रेम विकले जानकरी दिनुभयो । थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली र घटमुना प्रहरी चौकीबाट प्रहरीको टोली त्यसतर्फ गइसकेको बताइएको छ । जिल्लाका धेरै बस्ती भिरालो ठाउँमा भएका कारण पहिरोको उच्च जोखिममा रहेका छन् ।

    तस्विर : फाइल फोटो

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या
    • राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.