चितवन,८ भदौं । चितवनमा पछिल्लो २४ घण्टामा ६१ जना नयाँ कोरोना भाइरस संक्रमितहरु थपिएका छन्। पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणबाट ५७ तथा एन्टिजेनबाट ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
जसमा भरतपुर महानगरपालिका भित्रका मात्रै ४९ जना छन् । यस्तै खैरहनी नगरपालिकाका ३, रत्ननगरका ६, राप्तीमा १, र कालिका नगरपालिका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यस सँगै चितवनमा कोरोना संक्रमितको संख्या २४ हजार ०९६ पुगेको छ ।यससँगै कोरोनामुक्त हुनेको संख्या २१ हजार ८३८ पुगेको छ । उनीहरु मध्ये १ हजार ७६० जना होम आइसोलेसनमा छन् भने १ सय १३ जना अस्पताल तथा ३ जना संस्थागत आइसोलेसनमा छन् ।
जिल्लाभर कोरोना संक्रमणबाट अहिलेसम्म ३८२ जनाको मृत्यु भएको छ ।