सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धानबालीमा रोग लागेपछि नवलपुरका किसान चिन्तित


  •    न्युजभित्तो/३ भाद्र २०७८, बिहीबार १०:१३ 
  • दयाराम आचार्य ,कावासोती, ३ भदौ । नवलपरासी(बर्दघाट सुस्तापूर्व) नवलपुरमा लगाइएको धान बालीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । वडा नं १४ का किसान मानसिंह गुरौको १० कट्ठा क्षेत्रफलमा लगाइएको धान पूरै रातो भएर सुकेको छ । “गोडमेल गरेर मलजल हालेपछि धान सप्रेला भनेको झनै पात सबै सुकेर मर्न लागेको छ”, उहाँले भन्नुभयो ।

    यस वर्ष समयमै पानी पर्दा रोपाईँ पनि समयमै भएकाले किसानले धान खेती राम्रो हुने आशा गरेका थिए तर, धानमा बाला लाग्ने बेला हुन लाग्दा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको धान ब्लक क्षेत्र कावासोती–१७ र गैँडाकोटका वडा नं ११ र १२ मा पनि रोग देखिएको छ ।

    किसानको गुनासो आएपछि कृषि ज्ञान केन्द्रले अनुगमन गरेको छ । धान ब्लक सञ्चालन गरिएको कावासोती र गैँडाकोटमा अनुगमन गरिएको हो । जिल्लाका आठवटै स्थानीय तहबाट धानमा रोग देखिएको गुनासो आएको ंकृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो । क्रमशः सबै स्थानीय तहमा अनुगमन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख वासु रेग्मी, प्रभनमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख विष्णुप्रसाद शर्मा समेतको सहभागितामा केही दिनअघि अनुगमन गरिएको हो ।

    ज्ञान केन्द्रका बाली विकास अधिकृत मीरा चौधरीका अनुसार धानमा ब्याक्टेरीयल, ढुसीजन्य रोग र गबारो देखिएको छ । सबैभन्दा बढी खाद्य तत्वको कमी पाइएको छ । धान बालीमा पानी बढी हुँदा ब्याक्टेरीयल र ढुसीजन्य रोग देखिने उहाँको भनाइ छ । खाद्य तत्वको कमीले पनि पात रातो हुने, बाली सुक्ने उहाँले बताउनुभयो । किसानले खाद्य तत्वको कमी भएको भन्ने थाहा नपाउँदा खेतीमा नोक्सान पुग्ने गरेको उहाँले जानकारी दिनुभयो ।

    चौधरीका अनुसार अधिकाशं किसानले धानमा डिएपी र युरिया मल राख्ने तर पोटासको प्रयोग गर्दैनन् । पोटासको कमीले पनि धानबाली सप्रिदैन् । अर्को, किसानले धेरै वर्षसम्म एउटै जातको धानबाली लगाउँदासमेत यस्तो समस्या देखिएको हो । एउटा जातको बाली बढीमा चार वर्षसम्म प्रयोग गरेपछि फेर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

    त्यस्तै अर्को कारण भनेको प्रयाप्त मात्रामा गोबर मल वा अर्गानीक मलको प्रयोग नगर्ने, रसायनिक मलको बढी प्रयोग गर्दा पनि यस्तो समस्या देखिएको चौधरीले जानकारी दिनुभयो । अनुगमनका क्रममा किसानलाई धानमा देखिएको समस्याको समाधानका बारेमा समेत जानकारी थियो । जिल्लाका धेरै किसानले सावित्री, हर्दिनाथ, वारलगायतका जातका धान लगाएका छन् ।

    कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख रेग्मीले प्रदेशको सबैभन्दा बढी धानखेती हुने जिल्ला भनेको नवलपरासी पूर्व भएका कारण यहाँ धान ब्लक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । धानमा विभिन्न खाले समस्या देखिएपछि कार्यक्रमसमेत प्रभावित हुने भएकाले आफूसमेत किसानको समस्या बुझ्न र समाधान कसरी गर्न सकिन्छ भनेर अनुगमनमा आएको उहाँले बताउनुभयो ।

    धान ब्लक कार्यक्रममार्फत खेतीको क्षेत्रफल विस्तार गर्दै उत्पादनमा वृद्धि गर्ने, धानको बीउसमेत किसान आफैँले उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएकाले रोग किरालगायतका समस्याले किसान पनि मर्कामा पर्ने र कार्यक्रमसमेत प्रभावित हुने उहाँले बताउनुभयो । ब्लक कार्यक्रमअन्तर्गत किसानलाई कुलो, नहरलगायतका पूर्वाधार निर्माण, यान्त्रीकरण र बीउबीजन तथा प्राविधिक ज्ञान प्रदान गर्ने गरेको उहाँले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’
    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स
    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
    • ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी
    • वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
    • विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    • विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.