सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामुदायिक विद्यालयका विद्यार्थीलाई स्वअध्ययन सामग्री


  •    न्युजभित्तो/२ भाद्र २०७८, बुधबार १३:३९ 
  • डोटी, २ भदौ ।  जिल्लाको पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा रहेका आठ सामुदायिक विद्यालयका कम्तीमा पनि आठ सय ५१ विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गरिएको छ ।
    गुडनेवर्स इन्टरनेशनल नेपाल र सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा उक्त वडामा सञ्चालन भइरहेको सामुदायिक विकास परियोजनाअन्तर्गत बालविकासका विकासदेखि कक्षा ५ सम्म अध्ययन गर्ने कम्तीमा पनि आठ सय ५१ विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष हेमराज जोशीले जानकारी दिनुभयो ।
    कोभिड–१९ को समयमा विद्यालय बन्द रहेका र विद्यार्थीले नयाँ पाठ्यपुस्तक वितरण भए पनि औपचारिक रुपमा कक्षा सञ्चालन नभएकाले उनीहरुको सिकाइ निरन्तरका लागि उक्त सामग्री वितरण गरिएको संस्थाका शिक्षा विकास अधिकृत एकराज बडूले बताउनुभयो ।
    उहाँले भन्नुभयो, “कोरोना महामारीको त्रासले विद्यालय खुलेका छैनन्, विद्यार्थीहरुले पनि पढ्न नपाएका कारण हामीले पढाइमा सहज होस् भनेर स्वअध्ययन सामग्री वितरण गरेका छौँ, जसले गर्दा बालबालिकालाई पढाइमा सहज हुनेछ ।” संस्थाले वितरण गरेका स्वअध्ययन सामग्रीमा किताब, पेन्सिल, इरेजर, कलर पेनसिल, सार्पनरलगायत शैक्षिक सामग्री रहेको संस्थाले जनाएको छ । विद्यालय बन्द भएको समयमा अभिभावकको सहयोगमा विद्यार्थीले घरमा नै अध्ययन गर्न मिल्ने भएकाले ती स्वअध्ययन सामग्री विद्यार्थीका लागि निकै उपयोगी सामग्री रहेको वडा नं ७ का वडाध्यक्ष प्रकाश साउदले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.