सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

होली भिजनका विद्यार्थीहरुलाई बधाई र मायाको चिनो


  •    न्युजभित्तो/१ भाद्र २०७८, मंगलवार १९:४४ 
  • भरतपुर १ भाद्र । भरतपुर महानगरपालिका वडा नं. ४ लंकूमा रहेका होली भिजन पब्लिक स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७७ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई एवम् शुभकामना व्यक्त गरेको छ । विद्यालयले आज मङ्गलबार एक कार्यक्रमको आयोजना गरी उत्तीर्ण विद्यार्थीहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेको हो ।

    कार्यक्रमका प्रमुख अतिथि शिक्षक अभिभावक संघ होली भिजन पब्लिक स्कुलका अध्यक्ष प्रेमकुमार गैरेले माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई एवम् ‌मायाको चिनो प्रदान गर्दै विद्यार्थीहरुले शिक्षा र समयको महत्व बुझेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँनुभयो ।

    कार्यक्रममा विद्यालयका प्राचार्य मीनराज बस्ताकोटीले विद्यालयको उन्नति र प्रगतिको लागि सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै शिक्षक र विद्यार्थीको सुमधुर सम्बन्धले नै शिक्षाको महत्व झल्कने भएकोले शिक्षकहरुको सल्लाह अनुसार नै अगाडि बढ्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

    प्राचार्य मीनराज बस्ताकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघका सचिव यामलाल भण्डारी, विद्यालयका शैक्षिक निर्देशक पूर्णबहादुर दवाडी, विद्यार्थीहरु आकृति गैरे, निशान खनाल, प्राचीकुमारी गुप्ता लगायतले मन्तव्य राख्नुभएको थियो ।

    मायाको चिनो ग्रहण गर्दै विद्यार्थीहरुले विद्यालयको योगदानप्रति सम्मान व्यक्त गरे । उनीहरुले आगामी दिनमा विद्यालयको विकासको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

    होली भिजन पब्लिक स्कुलबाट ४९ जनाले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका थिए । विद्यालयले शैक्षिक सत्र २०७५ देखि व्यवस्थापन विषयमा ११, १२ कक्षा सञ्चालन गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.