भरतपुर १ भाद्र । भरतपुर महानगरपालिका वडा नं. ४ लंकूमा रहेका होली भिजन पब्लिक स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७७ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई एवम् शुभकामना व्यक्त गरेको छ । विद्यालयले आज मङ्गलबार एक कार्यक्रमको आयोजना गरी उत्तीर्ण विद्यार्थीहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षक अभिभावक संघ होली भिजन पब्लिक स्कुलका अध्यक्ष प्रेमकुमार गैरेले माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई एवम् मायाको चिनो प्रदान गर्दै विद्यार्थीहरुले शिक्षा र समयको महत्व बुझेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँनुभयो ।
कार्यक्रममा विद्यालयका प्राचार्य मीनराज बस्ताकोटीले विद्यालयको उन्नति र प्रगतिको लागि सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै शिक्षक र विद्यार्थीको सुमधुर सम्बन्धले नै शिक्षाको महत्व झल्कने भएकोले शिक्षकहरुको सल्लाह अनुसार नै अगाडि बढ्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
प्राचार्य मीनराज बस्ताकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघका सचिव यामलाल भण्डारी, विद्यालयका शैक्षिक निर्देशक पूर्णबहादुर दवाडी, विद्यार्थीहरु आकृति गैरे, निशान खनाल, प्राचीकुमारी गुप्ता लगायतले मन्तव्य राख्नुभएको थियो ।
मायाको चिनो ग्रहण गर्दै विद्यार्थीहरुले विद्यालयको योगदानप्रति सम्मान व्यक्त गरे । उनीहरुले आगामी दिनमा विद्यालयको विकासको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
होली भिजन पब्लिक स्कुलबाट ४९ जनाले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका थिए । विद्यालयले शैक्षिक सत्र २०७५ देखि व्यवस्थापन विषयमा ११, १२ कक्षा सञ्चालन गर्दै आएको छ ।