सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेचिने जोखिममा परेका चितवनका ८८ चेलीलाई समुदायमा पुनःस्थापित


  •    /१५ श्रावण २०७६, बुधबार ०९:५८ 
  • चितवन । मानव बेचविखनविरुद्व काम गर्दै आएको संस्था केआइएन नेपालले आर्थिक वर्ष २०७५/७६ मा विभिन्न बहानामा बेचिन सकिने जोखिममा परेका जिल्लाका ८८ महिलालाई उद्धार गरी समुदायमा पुनःस्थापित गराएको छ ।

    विभिन्न १० सीमानाका र भारतबाट उद्वार गरेकामध्ये चितवनमा ल्याइएका ८८ जनालाई समुदायमा पुनःस्थापित गराएको केआइएन नेपाल चितवनकी संयोजक केमिका घिमिरेले मङ्गलबार यहाँ मानव बेचविखनविरुद्व अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गर्नुभएको हो । उहाँले ८८ मध्ये ६८ लाई परिवारसँग र बाँकी २१ लाई सीपमूलक तालीम दिइएको बताउनुभयो । गरीब र विपन्न भएका कारण धैरै चेली बाध्यतामा परेर बेचिन पुगेको घिमिरेको भनाइ छ ।

    संस्थाले विसं २०६४ देखि मानब बेचविखन तथा ओसारपसारविरुद्ध देशका १५ जिल्लामा काम गर्दै आएको छ । यस अवधिमा संस्थाले विभिन्न चुनौतीका बावजुद सयाँै चेलीहरु उद्धार गर्दै आएको जनाएको छ ।

    चेलीहरु घरमा जानकारी नदिई विवाहको बहाना, भारतमा आफन्तलाई भेट्न जाने, जागिर खान जानेजस्ता विभिन्न कारण देखाई जाने गरेको संयोजक घिमिरेले बताउनुभयो । केआइएन चितवनले विभिन्न सचेतनामूलक कार्यक्रमसँगै चेलीहरूलाई समुदायमा घुलमिलसँगै सीपमूलक तालीम गराउँदै आएको छ ।

    मानव बेचविखनविरुद्व जिल्लामा आश्रित चेलीलाई विगतमा आफूले भोगेको पीडालाई भुलेर सचेतनासँगै आत्मनिर्भर अभियानमा लाग्न जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले सुझाव दिनुभयो । विभिन्न हिंसामा परेपछि चेलीहरु बेचिने जोखिममा परेको भन्दै चितवनमा यस्ता कार्य गर्नेलाई कडाइ गर्ने अभियान सञ्चालन गरिरहेको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो ।

    उहाँले दिवसकै अवसरमा केआइएनमा आश्रित २१ चेलीलाई एक दिनको सामूहिक भोजनसमेत गराउनुभएको थियो ।  रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.