सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालिकालाई पटक पटक जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ


  •    /१५ श्रावण २०७६, बुधबार ०९:५४ 
  • परासी । ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट दुई पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
    बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महीनादेखि ती बालिकालाई पटक–पटक जबर्जस्ती करणी गर्दै आएको खुलेको छ ।

    सोही प्रकृतिको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालले जानकारी दिनुभयो । पक्राउ परेका दुवैलाई जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    फरार अभियुक्त १६ वर्षपछि पक्राउ

    पश्चिम नवलपरासी प्रहरीले एक फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गर्न सफल भएको छ । कुटपिट गरी ज्यान मारेर विसं २०६० देखि फरार रहेका जिल्लाको सरावल गाउँपालिका–२ मनरीका ५२ वर्षीय नाथु चमारलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो ।

    उनले सोही ठाउँ बस्ने ५५ वर्षीय रामलाल चमारलाई विसं २०६० भदौ १२ गते कुटपिट गरी हत्या गरेर फरार भएका थिए । पक्राउ परेका चमारलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक योगेन्द्र हमालले जानकारी दिनुभयो ।  रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.