सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बन्दबाट शैक्षिक संस्था सबैभन्दा बढी प्रभावित, गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार


  •    /१५ श्रावण २०७६, बुधबार १०:३१ 
  • चितवन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आह्वानमा भएको बन्दका कारण आज साविकका बागमति, नारायणी र जनकपुरका रामेछाप र दोलखा जिल्लाको जनजीवन प्रभावित भएको छ । उसले उपत्यका ब्यूरो इन्चार्ज तथा साँस्कृतिक मोर्चाका इन्चार्ज माइला लामालगायत आफ्ना कार्यकर्तालाई सरकारले गिरफ्तार गरेको विरोधमा बन्द आह्वान गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

    बन्दले सङ्घीय राजधानी काठमाडौँ उपत्यका तथा चितवनको जनजीवन आंशिक प्रभावित भएको छ । प्रदेश नम्वर ३ को राजधानी हेटौँडालगायतका केही जिल्लामा भने बन्दको प्रभाव बढी देखिएको छ ।

    काठमाडौँबाट बाहिरिने लामो दुरीका सवारीसाधन फाट्टफुट्ट मात्र चलेका छन् । उपत्यकाभित्र भाडाका तथा नीजि सवारीसाधन कम चलिरहेका छन् । काठमाडौँ बाहिरका जिल्लामा पनि भाडाका सवारीसाधन तथा नीजि सवारीसाधन निकै कम चलेका छन् । सार्वजनिक सवारीसाधन नपाउँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

    बन्द घोषणा गरिएका क्षेत्रमा शैक्षिक संस्था ठप्प छन् । बन्दले शैक्षिक संस्था सबैभन्दा बढी प्रभावित भएका छन् । लाखौँ विद्यार्थी पढ्न पाउने नैसर्गिक अधिकारबाट बञ्चित भएका छन् ।

    बन्द घोषित क्षेत्रका कलकारखाना, उद्योगधन्दा पनि चल्न सकेका छैनन् । बजार क्षेत्रमा पसल फाट्टफुट्ट मात्र खुलेका स्थानीय सञ्चारकर्मीले जानकारी दिएका छन् । जिल्लाका सदरमुकामदेखि भित्रका गाउँमा भने बन्दको प्रभाव कम परेको जनाइएको छ ।

    हेटौँडामा गाडीमा आगजनी
    विप्लव नेतृत्वको नेकपाको बन्दको क्रममा मकवानपुरमा दुईवटा गाडीमा आगजनी भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल हुमाने भञ्ज्याङमा निजी कारमा गएराति आगजनी भएको छ । हेटौंडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा १४ च ८२३४ नम्बरको कार विप्लवका कार्यकर्ताले जलाएका हुन् । कारमा चढेका दुईजनालाई ओरालेर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो । कार पूर्ण रुपमा जलेको छ ।

    यसैगरी मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरे खरङ्गामा बा ५ ख १७ ३९ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो । ज्यामिरेमा गुडिरहेको ट्रकमा अज्ञात समुहले टाढैबाट पेट्रोल बम प्रहार गरेका थिए । पेट्रोल बम प्रहारबाट ट्रकको अगाडीको भाग मात्र जलेको उहाँले बताउनुभयो ।

    तस्विर : बन्दको कारण ठप्प हेटौँडा बजार ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता
    कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’
    निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
    • सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम
    • बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
    • प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट
    • झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.