बन्दबाट शैक्षिक संस्था सबैभन्दा बढी प्रभावित, गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार
/१५ श्रावण २०७६, बुधबार १०:३१
चितवन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आह्वानमा भएको बन्दका कारण आज साविकका बागमति, नारायणी र जनकपुरका रामेछाप र दोलखा जिल्लाको जनजीवन प्रभावित भएको छ । उसले उपत्यका ब्यूरो इन्चार्ज तथा साँस्कृतिक मोर्चाका इन्चार्ज माइला लामालगायत आफ्ना कार्यकर्तालाई सरकारले गिरफ्तार गरेको विरोधमा बन्द आह्वान गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
बन्दले सङ्घीय राजधानी काठमाडौँ उपत्यका तथा चितवनको जनजीवन आंशिक प्रभावित भएको छ । प्रदेश नम्वर ३ को राजधानी हेटौँडालगायतका केही जिल्लामा भने बन्दको प्रभाव बढी देखिएको छ ।
काठमाडौँबाट बाहिरिने लामो दुरीका सवारीसाधन फाट्टफुट्ट मात्र चलेका छन् । उपत्यकाभित्र भाडाका तथा नीजि सवारीसाधन कम चलिरहेका छन् । काठमाडौँ बाहिरका जिल्लामा पनि भाडाका सवारीसाधन तथा नीजि सवारीसाधन निकै कम चलेका छन् । सार्वजनिक सवारीसाधन नपाउँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।
बन्द घोषणा गरिएका क्षेत्रमा शैक्षिक संस्था ठप्प छन् । बन्दले शैक्षिक संस्था सबैभन्दा बढी प्रभावित भएका छन् । लाखौँ विद्यार्थी पढ्न पाउने नैसर्गिक अधिकारबाट बञ्चित भएका छन् ।
बन्द घोषित क्षेत्रका कलकारखाना, उद्योगधन्दा पनि चल्न सकेका छैनन् । बजार क्षेत्रमा पसल फाट्टफुट्ट मात्र खुलेका स्थानीय सञ्चारकर्मीले जानकारी दिएका छन् । जिल्लाका सदरमुकामदेखि भित्रका गाउँमा भने बन्दको प्रभाव कम परेको जनाइएको छ ।
हेटौँडामा गाडीमा आगजनी विप्लव नेतृत्वको नेकपाको बन्दको क्रममा मकवानपुरमा दुईवटा गाडीमा आगजनी भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल हुमाने भञ्ज्याङमा निजी कारमा गएराति आगजनी भएको छ । हेटौंडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा १४ च ८२३४ नम्बरको कार विप्लवका कार्यकर्ताले जलाएका हुन् । कारमा चढेका दुईजनालाई ओरालेर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो । कार पूर्ण रुपमा जलेको छ ।
यसैगरी मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरे खरङ्गामा बा ५ ख १७ ३९ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो । ज्यामिरेमा गुडिरहेको ट्रकमा अज्ञात समुहले टाढैबाट पेट्रोल बम प्रहार गरेका थिए । पेट्रोल बम प्रहारबाट ट्रकको अगाडीको भाग मात्र जलेको उहाँले बताउनुभयो ।
चितवन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आह्वानमा भएको बन्दका कारण आज साविकका बागमति, नारायणी र जनकपुरका रामेछाप र दोलखा जिल्लाको जनजीवन प्रभावित भएको छ । उसले उपत्यका ब्यूरो इन्चार्ज तथा साँस्कृतिक मोर्चाका इन्चार्ज माइला लामालगायत आफ्ना कार्यकर्तालाई सरकारले गिरफ्तार गरेको विरोधमा बन्द आह्वान गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
बन्दले सङ्घीय राजधानी काठमाडौँ उपत्यका तथा चितवनको जनजीवन आंशिक प्रभावित भएको छ । प्रदेश नम्वर ३ को राजधानी हेटौँडालगायतका केही जिल्लामा भने बन्दको प्रभाव बढी देखिएको छ ।
काठमाडौँबाट बाहिरिने लामो दुरीका सवारीसाधन फाट्टफुट्ट मात्र चलेका छन् । उपत्यकाभित्र भाडाका तथा नीजि सवारीसाधन कम चलिरहेका छन् । काठमाडौँ बाहिरका जिल्लामा पनि भाडाका सवारीसाधन तथा नीजि सवारीसाधन निकै कम चलेका छन् । सार्वजनिक सवारीसाधन नपाउँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।
बन्द घोषणा गरिएका क्षेत्रमा शैक्षिक संस्था ठप्प छन् । बन्दले शैक्षिक संस्था सबैभन्दा बढी प्रभावित भएका छन् । लाखौँ विद्यार्थी पढ्न पाउने नैसर्गिक अधिकारबाट बञ्चित भएका छन् ।
बन्द घोषित क्षेत्रका कलकारखाना, उद्योगधन्दा पनि चल्न सकेका छैनन् । बजार क्षेत्रमा पसल फाट्टफुट्ट मात्र खुलेका स्थानीय सञ्चारकर्मीले जानकारी दिएका छन् । जिल्लाका सदरमुकामदेखि भित्रका गाउँमा भने बन्दको प्रभाव कम परेको जनाइएको छ ।
हेटौँडामा गाडीमा आगजनी
विप्लव नेतृत्वको नेकपाको बन्दको क्रममा मकवानपुरमा दुईवटा गाडीमा आगजनी भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल हुमाने भञ्ज्याङमा निजी कारमा गएराति आगजनी भएको छ । हेटौंडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा १४ च ८२३४ नम्बरको कार विप्लवका कार्यकर्ताले जलाएका हुन् । कारमा चढेका दुईजनालाई ओरालेर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो । कार पूर्ण रुपमा जलेको छ ।
यसैगरी मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरे खरङ्गामा बा ५ ख १७ ३९ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो । ज्यामिरेमा गुडिरहेको ट्रकमा अज्ञात समुहले टाढैबाट पेट्रोल बम प्रहार गरेका थिए । पेट्रोल बम प्रहारबाट ट्रकको अगाडीको भाग मात्र जलेको उहाँले बताउनुभयो ।
तस्विर : बन्दको कारण ठप्प हेटौँडा बजार ।