चितवन, ३२ साउन । नारायणगढको लायन्सचोकमा एक वेवारिसे शव फेला परेको छ । लायन्सचोक नजिक ज्योति विकास बैंकको अगाडि सडक पेटीमा रहेको चौतारीमा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सोमबार बिहान ११ः१५ बजेको समयमा राजु मगर भनि चिनिने एकिन नाम, थर वतन नखुलेको व्यक्ति मृत फेला परेको हो । मृतक मगर मागेर खाँदै हिड्ने गरेको र विगत १२/१३ दिनदेखि ज्वरो खोकीको समस्या रहेको मृतसँगै हिड्नेहरुलाई उदृत गर्दै प्रहरीले जनाएको छ । शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।