सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भ्रष्टाचार बढेको होइन गिरफ्तारी बढेको हो : प्रम ओली


  •    /१४ श्रावण २०७६, मंगलवार २३:५६ 
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार उहाँले भन्नुभयो, “सरकारले भ्रष्टाचार गर्नेलाई अहिले धमाधम पक्राउ गरिरहेको छ, अहिले भ्रष्टाचार बढेको होइन गिरफ्तारी बढेको हो ।”

    प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा संलग्नलाई सानो ठूलो भनेर नहेरे सबैलाई कारवाही हुनेसमेत उल्लेख गर्नुभयो । सरकारी जग्गा अतिक्रमण गर्नेलाई पनि सरकारले नछोड्ने बताउँदै उहाँले विभिन्न ठाउँमा अतिक्रमण भएका र भू–माफियाले कब्जा गरेका सरकारी जग्गा सरकारले विधि पु¥याएर फिर्ता लिने प्रतिबद्धता जनाउनुभयो ।

    “ललिता निवासको जग्गा पनि वर्तमान सरकारले छानबिन थालेको हो, तर यही सरकारले जग्गा हडपेको जस्तो गरी मान्छेहरु कराइरहेका छन्, योभन्दा अघिका सरकारहरु के हेरेर बसेका थिए, त्यति बेला सरकारमा बसेका मान्छे नै अहिले ठूला ठूला कुरा गर्छन्” प्रधानमन्त्रीले भन्नुभयो ।

    प्रतिनिधिमण्डलले बागलुङको गलकोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रधानमन्त्री ओलीसमक्ष माग गर्दै ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले जनतालाई सहजरुपमा सेवा दिने आफ्नो नीति भएकाले इलाका प्रशासन कार्यालय स्थापना गर्न आफू सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.