सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिद्यालय सर–सफाईलाई एवं सुन्दरीकरण अभियान अन्र्तगत बृक्षारोपण कार्यक्रम सम्पन्न


  •    न्युजभित्तो/३० श्रावण २०७८, शनिबार १०:४७ 
  • पूर्णप्रसाद शर्मा
    चितवन, ३० साउन । बिद्यालय सर–सफाईलाई एवं सुन्दरीकरण अभियान अन्र्तगत बिभिन्न ४ वटा लायन्स क्लबले आज गैडाकोट नगरपालिका वडा नं ३ बृन्दापुरमा अवस्थित पञ्चकन्या प्राथामिक बिद्यालय सरसफाई एवं बिद्यालय परिसरमा बृक्षारोपण गरेका छन् । लायन्स क्लब अफ चितवन चौतारी, लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि, लायन्स क्लब अफ गैडाकोट उत्कृष्ट र लायन्स क्लब अफ चितवन स्पन्दनले बिभिन्न जातका २५० बिरुवा रोपेका हुन् । क्लबहरुले आज एभोकाडो, अमला, आँप, कपुर, धुपी, म्याड्डो स्टीक,रुद्राक्ष लगायतका बिरुवा रोपेको कार्यक्रम संयोजक लायन ईश्वर रिमालले जानकारी दिनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका डिष्ट्रिक एक्जुकेटिभ चिफ लायन हरि प्रसाद घिमिरेले बिरुवा रोप्नु भन्दा पनि संरक्षण गर्नु महत्वपूर्ण भएको बताउनु भयो । उहाँले रोपेका बिरुवाको संरक्षणमा ध्यान दिन लायन्सकर्मीहरुलाई अनुरोध गनुभयो । कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका डिष्ट्रिक को–चिफ राजेन्द्र गौतम, डिष्ट्रिक चिफ गोपाल गौतम, डिष्ट्रिक डेपुटी चिफ भक्तीप्रसाद चालिसे, डिष्ट्रिक डेपुटी सचिब पूर्णप्रसाद शर्मा पञ्चकन्या प्राथामिक बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष रुद्र प्रसाद भण्डारी, बिद्यालयकी प्रअ राधिका भण्डारी, ४ वटै क्लबका पदाधिकारी एवं सदस्यहरुको उपस्थिती रहेको थियो ।

    लायन बर्ष २०२१÷२२ मा गैडाकोट ३ बृन्दापुरलाई लायन्स भिलेका रुपमा लायन्स क्लब अफ चितवन चौतारी, लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि, लायन्स क्लब अफ गैडाकोट उत्कृष्ट र लायन्स क्लब अफ चितवन स्पन्दनले बिभिन्न कार्यक्रमहरु गरिरहेका छन् । लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लायन डा. गंगा सापकोटाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.