सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढमा प्रयोगशाला स्थापना गर्दै पोल्ट्री महासङ्घ


  •    /१३ श्रावण २०७६, सोमबार २०:५३ 
  • चितवन । नेपाल पोल्ट्री महासङ्घले नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालन गर्ने भएको छ । दाना, पानी, भिटामिनलगायतमा रहेको गुणस्तर परीक्षणका लागि प्रयोगशाला सञ्चालन गर्न लागिएको हो ।

    प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरणमध्ये दानामा ढुसीबाट उत्पादन हुने विषादीको अवस्था परीक्षण गर्ने चाम एनलाईजर उपकरण महासङ्घलाई जर्मनको एक कम्पनीले प्रदान गरेको छ । यहाँ आज आयोजित एक कार्यक्रममा जर्मनको ईडब्लु न्यूट्रिसनका अन्तर्राष्ट्रिय बजार प्रबन्धक किङ्सुक चक्रवतीले महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टलाई उपकरण हस्तान्तरण गर्नुभयो ।

    सो उपकरणलाई नेपाली रु १६ लाख पर्ने चक्रवतीले जानकारी दिनुभयो । पोल्ट्री व्यवसायी मञ्च रहेको ठाउँमा स्थापना गर्न लागिएको प्रयोगशालामा यो उपकरण रहने विष्टले बताउनुभयो । आफूले उत्पादन गरेको र खुवाउन ल्याएको दानाको परीक्षण गर्न सकिने विष्टको भनाइ छ । महासङ्घका उपाध्यक्ष टिकाराम पोखरेलले केही दिनमा कुखुराको आहारामा हुने प्रोटिन र इनर्जी परीक्षण गर्ने अर्को उपकरण पनि ल्याइने बताउनुभयो ।

    पक्षीसँगै मानव स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव हुने भएकाले खुवाउने दाना, पानी, भिटामिन परीक्षण गरेर मात्र खुवाउन सहयोग पुर्याउने उद्देश्यले प्रयोगशाला स्थापना गर्न लागिएको हो । नेपालमा कुखुराजन्य क्षेत्रमा रु एक खर्बभन्दा बढी लगानी भएको व्यवसायीले बताउँदै आएका छन् । जसमध्ये आधा हिस्सा चितवनमा रहेको पोखरेलले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
    दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका
    • आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै
    • लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
    • सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
    • हात्तीको आक्रमणबाट दुई जना घाइते

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.