सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगरको बार्षिक समीक्षा : कार्यसम्पादन उपलब्धी मुलक


  •    न्युजभित्तो/२९ श्रावण २०७८, शुक्रबार १६:५१ 
  • चितवन २९ साउन । रत्ननगर नगरपालिकाले आर्थिक वर्ष ०७७÷०७८ मा गरेका कामहरुको वार्षिक समीक्षा गरिएको छ । गत आर्थिक वर्षमा नगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति,त्यसको प्रभाव र समस्याहरूको समीक्षा गरी असल अभ्यासहरूलाई चालु आर्थिक वर्षमा अनुसरण गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

    कार्यक्रममा नगरपालिकाका शाखाहरु तथा वडा कार्यालयबाट सम्पादन भएका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । सो नगरपालिकाले गत आर्थिक बर्षमा १० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ९० प्रतिशत अतार्थ ९ करोड ४ लाख रुपैया राजश्व संकलन गरेको छ । सो आर्थिक बर्षमा रत्ननगरले एक अर्ब ३० करोड बजेट विनियोजन गरेकामा कुल बजेटको ६६ दशमलब ८५ प्रतिशत खर्च भएको जनाएको छ ।

    लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले कुल बजेटको ५९ प्रतिशत पुँजिगत र ७५ प्रतिशत चालु तर्फको बजेट खर्च भएको जनाकारी दिए । कार्यक्रममा विधायन समितिका संयोजक तिलकराज शर्मा,कानुनी सहजकर्ता प्रियङका थापा,राजश्व शाखा प्रमुख धर्मराज अधिकारी,प्रशासन शाखाकी उर्मिला तामाङ,जिन्सी शाखा प्रमुख डिम्मेश्वरी पौडेल,कृषि शाखा प्रमुख प्रविण लामा,पशुपंछी शाखा प्रमुख शालिग्राम पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    त्यसैगरी महिला वालावालिका शाखा प्रमुख दीपा घिमिरे,शिक्षा शाखाका राजेन्द्र बराल,योजना तथा पूर्वाधार शाखाका संघर्षराज खनाल,सहकारी शाखा प्रमुख ग्रिष्मा शर्मा,वन,वाताबरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख विश्वास श्रेष्ठ,रोजगार सेवा केन्द्र प्रमुख चन्द्रकला बस्याल,आन्तरिक लेखा परीक्षण शाखाका अशोक भूषाल,सुचना प्रविधि शाखाकी रमामाया रेग्मी,गैरसहकारी संस्था समन्वय शाखाका देवप्रसाद पौडेल प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा मेयर नारायण वनले आर्थिक वर्ष ०७७÷०७८ मा गरेका कामहरु उपलब्धी मुलक रहेको भन्दै चालु आर्थिक बर्षमा परिणाम निकाल्ने गरी काम गर्न जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा उपमेयर विमला दुवाडी सहित वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.