आज विश्व बाघ दिवस : बाघ संरक्षणमा गरिएको लगानीको उल्टो प्रतिफल
/१३ श्रावण २०७६, सोमबार ११:२०
तिलकराम रिमाल चितवन । दुर्लभ पाटे बाघ संरक्षणमा गरिएको लगानी यसै खेर गएको छ । सकारात्मक परिणाामको अपेक्षासहित गरिएको लगानीको उल्टो प्रतिफल देखिएको हो । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको संख्या बढाउन गरिएका प्रयास असफल भएका हुन् ।
निकुञ्जमा सन् १९९६ मा ५० बाघ रहेका थिए । सन् १९९९ मा ५०, सन् २००३ मा ६०, २००५ मा ६५ र सन् २०१३ मा यो संख्या १२० मा पुगेको थियो । तर सन् २०१३ पछिको पाँच वर्षमा गरिएको करोडौं लगानीको प्रतिफल उल्टो आएको हो । सन् २०१८ मा आईपुग्दा निकुञ्जमा बाघको संख्या घटेर ९३ मा झरेको छ ।
यो पाँच वर्षको अवधिमा नेपाल सरकार र दाताहरुले बाघ संरक्षणकै लागि भनेर करोडौं रुपैयाँ लगानी गरेका छन् । तर परिणाम उल्टो देखिएपछि संरक्षणकर्मीहरुमा चिन्ता थपिएको छ । यो समयमा गरिएको लगानी सही ठाउँमा भयो वा भएन ? भन्ने प्रश्न पनि अहिले उब्जिएको छ ।
विकास निर्माण र वन क्षेत्र अतिक्रमणको चपेटामा दुर्लभ पाटेबाघ परेको धेरैले अड्कल काटेका छन् । जसका कारण यसको संख्या बढाउन गरिएका प्रयास निरर्थक बनेका हुन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल २०७४ सालमा आएको बाढीले बाघ र बाघको आहारा प्रजाति बगाएपछि यसको संख्या घटेको दावी गर्नुहुन्छ । उहाँले भन्नुभयो “बाढीले ठूलो संख्यामा आहारा प्रजाति बगायो, बाघ पनि बाढीले बगाएर मरेको हुन सक्छ ।” बाघको बासस्थान क्षेत्रमा मानवीय गतिविधि बढ्नुलाई पनि बाघ संरक्षणको चुनौतीका रुपमा लिनुहुन्छ ढकाल ।
उहाँले भन्नुभयो “पर्यटकीय गतिविधि बढ्दै जाँदा बाघको बासस्थान साँघुरिएको छ ।” थप क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन नहुने उहाँको तर्क छ ।
वन क्षेत्रमा सडक निर्माण गर्दा बाघको बासस्थान खण्डीकरण, मठ–मन्दिर र सुकुम्बासीका नाममा वन क्षेत्र अतिक्रमण हुँदा बाघको बासस्थान साँघुरिंदै आएको उहाँले बताउनुभयो । पानीका मुहानहरु सुक्दै जाँदा आहारा प्रजातिका जनावर घट्दै जाने, माईकेनिया जस्ता झारले घाँसे मैदान अतिक्रमण गर्दै जाने जस्ता कारणले बाघ संरक्षण चुनौतीपूर्ण भएको उहाँको भनाई छ ।
एउटा बयस्क बाघका लागि १० देखि २० वर्गकिलोमिटर क्षेत्रफल आवश्यक पर्दछ । चितवन राष्ट्रिय निकुञ्ज ९५२.६३ वर्गकिलोमिटर र यसको मध्यवर्ती क्षेत्र ७२९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
बाघ विज्ञ चिरञ्जीवि पोखरेल बासस्थान घट्दै जानु, चोरीशिकारी एवं अवैध व्यापार बढ्नु, आहारा घट्दै जानु जस्ता कारण बाघ संरक्षण चुनौतीपूर्ण रहेको बताउनुहुन्छ । विश्वका १३ वटा देशमा पाटेबाघ पाईने बताउँदै उहाँले त्यसको नौ प्रजातिमध्ये तीन प्रजाति लोप भईसकेको जानकारी दिनुभयो ।
बाघको बासस्थान संकुचन, वनको खण्डीकरण, चोरीशिकार, अवैध व्यापार, संस्थागत संरचनाको कमी, दक्ष जनशक्तिको अभाव, वैज्ञानिक खोज र अनुसन्धानको कमी, प्रभावकारी अनुगमनको कमी र अन्तरसीमा सम्बन्धी समस्याहरु पछिल्लो समय बाघ संरक्षणका चुनौतीका रुपमा देखिएको पोखरेलको भनाई छ ।
निकुञ्जभित्र उपयुक्त बासस्थान नहुने र आहारा नपाउँदा बाघ मानव वस्ती पस्दा बाघ र मानवबीच द्वन्द्व बढ्दै जाने गरेको छ ।
सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्कमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सन् २०२२ सम्ममा विश्वमा बाघको संख्या दोब्बर बनाउने बाघ पाईने राष्ट्रहरुले प्रतिबद्धता जनाएका थिए । त्यसै अनुरुप नेपालले पनि बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता जनाएको थियो । विश्वमा ७० वर्ष अघि एक लाखको हाराहारीमा रहेको बाघ सन् २०१० सम्म आईपुग्दा तीन हजारमा झरेपछि दोब्बर बनाउन पहल थालिएको हो ।
बाघको संख्या नेपालमा सन् २०१३ मा आईपुग्दा १९८ पुगेको थियो । जसमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, बाँके राष्ट्रिय निकुञ्जमा ४, पर्सा राष्ट्रिय निकुञ्जमा ७ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ बाघ रहेका थिए । सन् २०१८ को गणना अनुसार नेपालमा बाघको संख्या २ सय ३५ पुगेको छ । जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा रहेका छन् । त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ रहेका छन् ।
समग्र नेपालमा दोब्बर सङ्ख्या पुर्याउने लक्ष्य नजिक
भीष्मराज ओझा काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले यस वर्षको विश्व बाघ दिवसको केन्द्रीय कार्यक्रम आज बाघ पाइने स्थानमा नै मनाउने योजनाअनुसार बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको कोहलपुरमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।
सरोकारवाला सबैको सहभागितामा विभिन्न कार्यक्रम गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यसबाहेक विभागले फिल्डस्तरको कार्यक्रम बाघ पाइने चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि स्थानीयस्तरको कार्यक्रम गर्न लागेको उहाँले बताउनुभयो ।
पाटे बाघ विश्वका १३ देशमा पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।
सो प्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई दोब्बरभन्दा पनि बढी २५० वयस्क बाघ पुर्याउने प्रतिबद्धता गरेको थियो । जुन लक्ष्य हासिल हुने दिशामा नजिक रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
मन्त्रालयले गत वर्ष पछिल्लो राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको थियो । उक्त गणनाअनुुसार नेपालमा बाघको सङ्ख्या २३५ पुगेको छ । जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए ।
विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म पछिल्लो बाघगणना गरेको थियो । नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ ।
नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको विभागको तथ्याङ्क छ ।
सन् २०१६ को तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतमा दुई हजार २२६, सबैभन्दा कम लाओसमा दुई बाघको सङ्ख्या छ । इण्डोनेसिया, कम्बोडिया, चीन, थाइल्याण्ड, नेपाल, बङ्गलादेश, भारत, भुटान, भियतनाम, मलेसिया, म्यानमा, रसिया र लाओसमा बाघ पाइन्छ । विश्वभर बाघको सङ्ख्या भने तीन हजार ८९० रहेको छ ।
नेपालको तराई–भूपरिधि क्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार १६१ वर्गकिमि क्षेत्रमध्ये ११ हजार ५७ वर्ग किमि (६८ प्रतिशत) मा बाघको उपस्थिति रहेको देखिएको छ । बाघ पाइने संरक्षित क्षेत्रमध्ये ९८ प्रतिशत क्षेत्रमा बाघको उपस्थिति रहेको देखिएको छ । संरक्षित क्षेत्रभन्दा बाहिरको बाघ पाइने क्षेत्रमध्ये ६० प्रतिशत क्षेत्रमा मात्र सो प्रजातिको उपस्थिति रहेको तथ्याङ्कमा उल्लेख छ ।
मुलुकमा जैविक विविधता संरक्षणका क्षेत्रमा आशलाग्दो उपलब्धि हासिल भएकाले र बाघ गणनाको पछिल्लो नतिजाले पनि सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर (२५० वयस्क बाघ) पुर्याउने मुलुकको प्रतिबद्धता पूरा हुने विश्वास गरिएको छ । रासस
तिलकराम रिमाल
चितवन ।
दुर्लभ पाटे बाघ संरक्षणमा गरिएको लगानी यसै खेर गएको छ । सकारात्मक परिणाामको अपेक्षासहित गरिएको लगानीको उल्टो प्रतिफल देखिएको हो । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको संख्या बढाउन गरिएका प्रयास असफल भएका हुन् ।
निकुञ्जमा सन् १९९६ मा ५० बाघ रहेका थिए । सन् १९९९ मा ५०, सन् २००३ मा ६०, २००५ मा ६५ र सन् २०१३ मा यो संख्या १२० मा पुगेको थियो । तर सन् २०१३ पछिको पाँच वर्षमा गरिएको करोडौं लगानीको प्रतिफल उल्टो आएको हो । सन् २०१८ मा आईपुग्दा निकुञ्जमा बाघको संख्या घटेर ९३ मा झरेको छ ।
यो पाँच वर्षको अवधिमा नेपाल सरकार र दाताहरुले बाघ संरक्षणकै लागि भनेर करोडौं रुपैयाँ लगानी गरेका छन् । तर परिणाम उल्टो देखिएपछि संरक्षणकर्मीहरुमा चिन्ता थपिएको छ । यो समयमा गरिएको लगानी सही ठाउँमा भयो वा भएन ? भन्ने प्रश्न पनि अहिले उब्जिएको छ ।
विकास निर्माण र वन क्षेत्र अतिक्रमणको चपेटामा दुर्लभ पाटेबाघ परेको धेरैले अड्कल काटेका छन् । जसका कारण यसको संख्या बढाउन गरिएका प्रयास निरर्थक बनेका हुन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल २०७४ सालमा आएको बाढीले बाघ र बाघको आहारा प्रजाति बगाएपछि यसको संख्या घटेको दावी गर्नुहुन्छ । उहाँले भन्नुभयो “बाढीले ठूलो संख्यामा आहारा प्रजाति बगायो, बाघ पनि बाढीले बगाएर मरेको हुन सक्छ ।” बाघको बासस्थान क्षेत्रमा मानवीय गतिविधि बढ्नुलाई पनि बाघ संरक्षणको चुनौतीका रुपमा लिनुहुन्छ ढकाल ।
उहाँले भन्नुभयो “पर्यटकीय गतिविधि बढ्दै जाँदा बाघको बासस्थान साँघुरिएको छ ।” थप क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन नहुने उहाँको तर्क छ ।
वन क्षेत्रमा सडक निर्माण गर्दा बाघको बासस्थान खण्डीकरण, मठ–मन्दिर र सुकुम्बासीका नाममा वन क्षेत्र अतिक्रमण हुँदा बाघको बासस्थान साँघुरिंदै आएको उहाँले बताउनुभयो । पानीका मुहानहरु सुक्दै जाँदा आहारा प्रजातिका जनावर घट्दै जाने, माईकेनिया जस्ता झारले घाँसे मैदान अतिक्रमण गर्दै जाने जस्ता कारणले बाघ संरक्षण चुनौतीपूर्ण भएको उहाँको भनाई छ ।
एउटा बयस्क बाघका लागि १० देखि २० वर्गकिलोमिटर क्षेत्रफल आवश्यक पर्दछ । चितवन राष्ट्रिय निकुञ्ज ९५२.६३ वर्गकिलोमिटर र यसको मध्यवर्ती क्षेत्र ७२९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
बाघ विज्ञ चिरञ्जीवि पोखरेल बासस्थान घट्दै जानु, चोरीशिकारी एवं अवैध व्यापार बढ्नु, आहारा घट्दै जानु जस्ता कारण बाघ संरक्षण चुनौतीपूर्ण रहेको बताउनुहुन्छ । विश्वका १३ वटा देशमा पाटेबाघ पाईने बताउँदै उहाँले त्यसको नौ प्रजातिमध्ये तीन प्रजाति लोप भईसकेको जानकारी दिनुभयो ।
बाघको बासस्थान संकुचन, वनको खण्डीकरण, चोरीशिकार, अवैध व्यापार, संस्थागत संरचनाको कमी, दक्ष जनशक्तिको अभाव, वैज्ञानिक खोज र अनुसन्धानको कमी, प्रभावकारी अनुगमनको कमी र अन्तरसीमा सम्बन्धी समस्याहरु पछिल्लो समय बाघ संरक्षणका चुनौतीका रुपमा देखिएको पोखरेलको भनाई छ ।
निकुञ्जभित्र उपयुक्त बासस्थान नहुने र आहारा नपाउँदा बाघ मानव वस्ती पस्दा बाघ र मानवबीच द्वन्द्व बढ्दै जाने गरेको छ ।
सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्कमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सन् २०२२ सम्ममा विश्वमा बाघको संख्या दोब्बर बनाउने बाघ पाईने राष्ट्रहरुले प्रतिबद्धता जनाएका थिए । त्यसै अनुरुप नेपालले पनि बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता जनाएको थियो । विश्वमा ७० वर्ष अघि एक लाखको हाराहारीमा रहेको बाघ सन् २०१० सम्म आईपुग्दा तीन हजारमा झरेपछि दोब्बर बनाउन पहल थालिएको हो ।
बाघको संख्या नेपालमा सन् २०१३ मा आईपुग्दा १९८ पुगेको थियो । जसमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, बाँके राष्ट्रिय निकुञ्जमा ४, पर्सा राष्ट्रिय निकुञ्जमा ७ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ बाघ रहेका थिए । सन् २०१८ को गणना अनुसार नेपालमा बाघको संख्या २ सय ३५ पुगेको छ । जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा रहेका छन् । त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ रहेका छन् ।
समग्र नेपालमा दोब्बर सङ्ख्या पुर्याउने लक्ष्य नजिक
भीष्मराज ओझा
काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले यस वर्षको विश्व बाघ दिवसको केन्द्रीय कार्यक्रम आज बाघ पाइने स्थानमा नै मनाउने योजनाअनुसार बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको कोहलपुरमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।