सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामुदायिक वनको आम्दानीबाट उपभोक्ताको बीमा


  •    /१३ श्रावण २०७६, सोमबार ०९:२८ 
  • दमौली । तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित फूलबारी सामुदायिक वनको आम्दानीबाट उपभोक्ताको स्वास्थ्य बीमा गरिएको छ । वन पैदावर बिक्रीबाट प्राप्त आम्दानीबाट सामुदायिक वनका ८२ घरधुरीको स्वास्थ्य बीमा गरिएको हो ।

    गत वर्ष रु २० लाख आम्दानी भएको सामुदायिक वनबाट स्वास्थ्य बीमाका लागि प्रति परिवार रु दुई हजार ५०० का दरले रु दुई लाख पाँच हजार लगानी गरिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मानकुमार श्रेष्ठले बताउनुभयो । सामुदायिक वनको आम्दानी उपभोक्ताकै हितमा लगानी गर्नुपर्ने प्रावधानअनुसार वनको आम्दानीबाट उपभोक्ताको स्वास्थ्य बीमा गरिएको उहाँले जानकारी दिनुभयो ।

    दुई सय एक हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनमा दुई वर्ष अघिदेखि वैज्ञानिक वन व्यवस्थापन लागू गरिएको छ । विसं २०६६ मा समुदायमा हस्तान्तरण भएको वनले पहिलो वर्षमा नै राम्रो आम्दानी लिन सफल भएको थियो । उपभोक्ता समूहका सचिव टेकबहादुर गुरुङका अनुसार वनको आम्दानीबाट वैदेशिक रोजगारीमा जानेलाई सहुलियतमा कर्जा, पशुपालन गर्ने र उच्च शिक्षा अध्ययनको लागिसमेत सहुलियतमा कर्जा उपलब्ध गराइएको छ । जसका लागि रु २४ लाख ८० हजार ६८२ लगानी भएको उहाँले जानकारी दिनुभयो । वैज्ञानिक वन व्यवस्थापन लागू भएको वर्षमा नै सामुदायिक वनबाट रु ३७ लाख छ हजार ९३४ आम्दानी भएको गुरुङले बताउनुभयो ।

    वन नियमावली २०५१ अनुसार सामुदायिक वनले आम्दानीको २५ प्रतिशत वन संरक्षण तथा विकासमा, ३५ प्रतिशत समूहभित्रका गरीब, महिला, विपन्न तथा पिछडिएका सदस्यको आयआर्जन वृद्धि गरी गरीबी न्यूनीकरण गर्ने कार्यक्रममा र बाँकी ४० प्रतिशत अन्य सामाजिक विकासका क्षेत्रमा खर्च गर्नुपर्ने प्रावधान रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताउनुभयो ।

    वनलाई व्यवस्थित गरी बढीभन्दा बढी फाइदा लिने उद्देश्यसहित तनहुँका बाह्र वटा सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन शुरु भइसकेको छ । वनको हैसियतमा सुधार ल्याई उत्पादनमा वृद्धि गर्ने, वन पैदावरको आपूर्तिमा निरन्तरता एवं सहजता गराउने र स्थानीय रोजगारी सिर्जना गराई जैविक र वातावरणीय लाभ लिने उद्देश्यसहित वैज्ञानिक वन व्यवस्थापनलाई जोड दिइएको डिभिजन वन प्रमुख बरालले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.