सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन मेडिकल कलेज : एक वर्षमा चार लाख बढी बिरामीको उपचार, १५७ जनाको ज्यान गयो


  •    /१२ श्रावण २०७६, आईतवार २१:१२ 
  • चितवन । चितवन मेडिकल कलेज (सिएमसि) मा एक वर्षको अवधिमा चार लाखभन्दा बढी बिरामीको उपचार भएको छ । सो अवधिमा १५७ जनाको उपचारका क्रममा ज्यान गएको हो ।

    अस्पतालले आईतबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरी गत आर्थिक वर्ष २०७५÷०७६ मा बहिरंग सेवा (ओपिडि) मा चार लाख ४४ जना बिरामीलाई सेवा दिईएको जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालले सो अवधिमा ३२ हजार ५ सय ७६ जनाको आकस्मिक कक्षमा उपचार भएको जानकारी दिनभयो ।

    यसैगरी सोही अवधिमा ४२ हजार ७ सय ६ जना बिरामी भर्ना भएर सेवा लिएका छन् । अस्पतालको तथ्यांक अनुसार सो अवधिमा २ हजार ९ सय ९३ जनाले निःशुल्क प्रसुती सेवा, ७ हजार ८ सय ३० जनाले शल्यक्रिया सेवा, २ हजार ५ सय २८ जनाले मुख्य (मेजर) शल्यक्रिया सेवा लिएका छन् ।

    गत आर्थिक वर्षमा ११ हजार ११ जनाको सिटीस्क्यान, २ हजार ९ सय ७९ जनाको एमआरआई, ५१ हजार ८ सय ६९ जनाको युएसजि (भिडियो एक्सरे) गरिएको छ ।

    यस अवधिमा ७४ हजार ४ सय ६३ जनाले बीमा मार्फत् सेवा लिएका छन् । भर्ना हुने बिरामी मध्ये ५ हजार ६ सय ८४ जनाले बीमा सेवा उपयोग गरेको अस्पताल म्यानेजर पारस अधिकारीले जानकारी दिनुभयो ।

    अस्पताले गत आर्थिक वर्षमा सात जिल्लाका १२ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ । शिविरमा ६ हजार ५ सय ५१ जनालाई सेवा दिईएको छ ।

    कलेजो प्रत्यारोपण सेवा शुरु

    यसैबीच अस्पतालले विश्व हेपाटाईटिस डे (जुलाई २८) को अवसरमा आईतबारबाट कलेजो प्रत्यारोपण सेवा शुरु गरेको छ । अस्पतालका निर्देशक डा. लम्सालका अनुसार कलेजो रोगको बहिरंग (ओपिडि) सेवा शुरु गरिएको हो ।

    चितवनमा नै पहिलो पटक हेपाटाईटिस तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. सागर पौडेलबाट दैनिक रुपमा यो सेवा उपलब्ध हुँदै आएको अस्पतालले जनाएको छ । अस्पतालले कलेजो प्रत्यारोपणको स्वीकृती समेत पाईसकेको छ । कलेजो प्रत्यारोपणको दक्ष जनशक्ति तयार भईसकेको जानकारी दिंदै डा. लम्सालले अस्पताललाई देशकै कलेजो प्रत्यारोपणको हब बनाउने लक्ष्य रहेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.