भरतपुर २७ साउन। गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य समाजसेवी तुल्सीराम खरेलको जन्मदिनको अवसरमा भरतपुरका दुईवटा बालबालिका आश्रमलाई सहयोग उपलब्ध गराईएको छ ।
भरतपुर महानगरपालिका वडा नं ४ स्थायी घर भई हाल जापानमा व्यवसाय गरिरहनुभएका समाजसेवी तुल्सीराम खरेलले आफ्नो जन्मदिनको अवसरमा बालबालिका आश्रमहरुको लागि पठाउनुभएको सहयोग रकम भरतपुर ४ निवासी समाजसेवी गोपालप्रसाद कँडेलले बालबालिका आश्रमका सञ्चालकहरुलाई हस्तान्तरण गर्नुभएको हो ।
सहयोग रकम हस्तान्तरण गर्दै कँडेलले असहाय बालबालिकाहरुलाई संरक्षण गरी शिक्षा प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै बालबालिकाहरुका लागि आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । सहयोग रकम ग्रहण गर्दै मञ्जुश्री असहाय बालबालिका आश्रमका सञ्चालक मञ्जु खाँड र ब्राईट स्टार बालबालिका आश्रमका व्यवस्थापक अप्सरा देवकोटाले जन्मदिनको अवसरमा सहयोग गर्ने सहयोगी तुल्सीराम खरेलप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
यसअघि पनि तुलसीराम खरेलले आफ्नो जन्मदिनको अवसरमा बालबालिका आश्रम, मानव सेवा आश्रम , वृद्धाआश्रम, सुकुम्बासी चेपाङ बस्ती लगायतमा सहयोग गर्नुभएको थियो ।