सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अण्डा उत्पादक सङ्घको अध्यक्षमा शिवराम केसी विजयी


  •    /१२ श्रावण २०७६, आईतवार १८:४५ 
  • चितवन । नेपाल अण्डा उत्पादक सङ्घको केन्द्रीय अध्यक्षमा पुनः शिवराम केसी विजयी हुनुभएको छ । सङ्घको शनिबार भएको विशेष अधिवेशनबाट आफ्ना निकटतम प्रतिद्वन्द्वी रघुनाथ भट्टलाई २१४ मत अन्तरले पछि पार्दै केसी विजयी हुनुभएको हो ।

    कूल ५९० मत खसेकामा केसीले ३९७ र भट्टले १८३ मत प्राप्त गर्नुभएको निर्वाचन संयोजक दिवाकर पौडेलले जानकारी दिनुभयो । तीन मत बदर भएको थियो । यस्तै सदस्यहरुमा किरणभुषण ओली, प्रवीण केसी, विनोद अधिकारी, भरत कार्की, राजकुमार श्रेष्ठ र ललितबहादुर जिसी विजयी हुनुभएको छ ।

    नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन व्यवस्थापन समितिका संयोजक भेषराज दुवाडीले शपथग्रहण गराउनुभयो । सो अवसरमा नवनिर्वाचित अध्यक्ष केसीले सबै एकजुट भएर सङ्घलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाउनुभयो ।

    अण्डा उत्पादक सङ्घमा केसीको यो तेस्रो कार्यकाल हो । गत जेठ २४ गते भएको सङ्घको १५औँ साधारणसभाबाट सङ्घमा विवाद चुलिएर समानान्तर समिति बनेपछि चितवन प्रशासनले सङ्घको नयाँ अधिवेशन तोकेको थियो ।

    यसअघि सङ्घका अध्यक्ष त्रिलोचन कँडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गरी बहुमत सदस्यले शिवराम केसीलाई अध्यक्ष बनाएका थिए । त्यसपछि दुवै अध्यक्षहरुले आफू नै अध्यक्ष रहेको दाबी गर्दै हिँडेपछि जिल्ला प्रशासन कार्यालयले विवाद समाधान गर्न पहल गर्दै विशेष अधिवेशन बोलाएको हो ।
    सोहीअनुसार सङ्घको केन्द्रीय विशेष अधिवेशन सम्पन्न भएको हो ।

    चुनावमा ८४ प्रतिशत मत खसेको थियो । एक अध्यक्ष र छ सदस्यका लागि भएको निर्वाचनमा १४ जनाको उम्मेदवारी परेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.