सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारी अभियानसँगै एनएमबी बैंकको थप अभियान


  •    /६ बैशाख २०७६, शुक्रबार ०७:४९ 
  • नारायणगढ : सरकारले ल्याएको प्रत्येक नेपालीको बैंक खाता अभियानका साथमा एनएमबी बैंकले थप अभियान सार्वजनिक गरेको छ । बैंकले एनएमबी सबैको साहारा बचत खाता सञ्चालनमा ल्याएर सरकारी अभियानका साथमा थप सेवा प्रदान गरेको हो ।
    बैंकको उक्त अभियान अन्तरग खाता खोल्ने प्रत्येक सेवाग्राहीको १० लाखसम्मको स्वास्थ्य बीमा निःशुल्क हुनेछ । बैंकले बिहीबार नारायणगढमा पत्रकार सम्मेलनका आयोजना गरी बैंकले दिने सेवाको विषयमा जानकारी दिएको छ ।


    बैंकका प्रमुख प्रमुख गणेश अधिकारीले नेपाल सरकारले ल्याएको खोलौं बैंक खाता अभियान २०७६ लाई सहयोग पु¥याउने गरी “एनएमबी सबैको साहारा बचत खाता” संचालनमा ल्याईएको बताउनुभयो । अधिकारीले यो अभियान अन्तरगत २ वर्ष भित्रमा ५ लाख नयाँ खाता खोल्ने लक्ष्य रहेको बताउनुभयो । “अझै पनि एक करोड नेपालीको खाता नै छैन, अधिकतम खाता खोलाउने लक्ष्यमा हामी छौं”–अधिकारीले भन्नुभयो । उहाँका अनुसार अहिले दुई करोड नेपालीको मल्टिपल खाता रहेको छ । प्रदेश प्रमुख अधिकारीले एनएमबी बैंकले शाखा विस्तार अभियानलाई पनि तिव्रता दिने बताउनुभयो । उहाँले भन्नुभयो “हामी कुनै पनि बैंकको पहुँच नपुगेका स्थानमा जाने तयारीमा छौं ।
    बैंकका प्रदेश म्यानेजर श्याम अधिकारीले सबै नेपालीलाई बैंकको पहुँचमा पु¥याउन यो अभियान सफल हुने बताउनुभयो । उहाँले नयाँ ग्राहकहरुका लागि बैंकले महत्वको साथ “एनएमबी सबैको साहारा बचत खाता” संचालन ल्याएको बताउनुभयो ।


    बैंकका नारायणगढ शाखा प्रमुख विष्णुप्रसाद पौडेलले “एनएमबी सबैको साहारा बचत खाता” अभियान अन्तरगत पहिलो पटक खाता खोल्ने ग्राहकहरुको खातामा बैंकले नै एक सय रुपैयाँ जम्मा गरिदिने जानकारी दिनुभयो । शाखा प्रमुख पौडेलले भन्नुभयो “सामाजिक उत्तरदायित्व अन्तरगत ग्राहकको खातामा एक सय रुपैयाँ राखिदिन्छौं ।”


    शाखा प्रमुख पौडेलले एनएमबी बैंकमा खाता खोल्दा व्याज पाउनुको साथै निःशुल्क स्वास्थ्य बीमा गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हाम्रा ग्राहकहरुले १८ घातक रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्च पाउनुहुनेछ ।” यस खातामा प्रत्येक ग्राहकहरुको अग्रिम बीमा सुरक्षण गरिने बैंकले जनाएको छ । जस अन्तर्गत खातावालाको दुर्घटनाका कारण स्थायी रुपमा अंगभंग भएमा वा क्यान्सर, किड्नी निस्कृयता, लिभरको रोग, मस्तिस्कघात, हृदयाघात, प्यारालाइसिस आदि जस्ता १८ गम्भीर रोगहरु मध्ये कुनै पनि रोग लागेको खण्डमा खातावाला या हकवालालाई रु. १० लाखसम्मको बीमा रकम उपलब्ध गराइने पौडेलले बताउनुभयो । यो बीमा सुविधा जुनसुकै पेशा, व्यवसाय गरेका व्यक्ति, अन्य खाता सञ्चालन गरेका व्यक्तिलाई पनि उपलब्ध हुने उहाँले जानकारी दिनुभयो ।
    यो खाताका लागि उमेरको कुनै सीमा नभएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “भर्खर जन्मेको बच्चादेखि बृद्धसम्म जुनसुकै उमेरका व्यक्तिले पनि यो खोता खोल्न सक्नुहुन्छ ।”
    बैंकले ग्राहकहरुको सेवाका लागि डिलाइट डेविट कार्डको समेत व्यवस्था गरेको छ । उक्त कार्डबाट जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम निकाल्न सकिन्छ ।


    ग्राहकहरुले सर्वाधिक ब्याजदर, निःशुल्क डिम्याट खाता, निःशुल्क मोबाइल बैंकिङ्ग, निःशुल्क ईन्टरनेट बैंकिङ्ग जस्ता सुविधाहरु पाउने छन् ।
    विगत २४ वर्षदेखि नेपाली वित्त क्षेत्रमा उल्लेखनीय योगदान पु¥याइरहेको एनएमबी बैंक सन् २०१७ र २०१८ मा लगातार ‘बैंक अफ दि इयर’ अवार्डबाट सम्मानित भएको थियो । यस बैंक ग्लोबल अलायन्स फर बैंकिङ्ग अन भ्यालुजको नेपालमा एक मात्रै सदस्य बैंक हो । यस बैंकले आफ्ना ग्राहकहरुलाई हाल ११० शाखा सञ्जाल, ४ एक्स्टेन्सन काउन्टर, ९९ एटिएम तथा अन्य वैकल्पिक बैकिङ्ग सुविधाहरुका माध्यमबाट विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यस बैंकमा विदेशी संयुक्त लगानी साझेदार एफएमओ, नेदरल्याण्डस् र योङ लियान, मलेसिया रहेका छन् । एफएमओ– नेदरल्याण्ड्स सरकारको अन्तर्राष्ट्रिय स्तरमा एएए मूल्याङ्कन भएका बैंकहरु मध्ये एक हो

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मदन–आश्रितप्रति दासढुंगामा यसरी व्यक्त गरियो श्रद्धासुमन
    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    • गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.