पूर्वी चितवनको कालिका नगरपालिका–१० घर भई वडा नं ९ मा डेरा गरी बस्दै आएका विकास चेपाङका ६ वर्षीय छोरा सन्देशको खोलामा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार घर नजिकैको कयर खोलामा आमासँगै गएका बेला नुहाउने क्रममा उनलाई खोलाले बगाएको थियो ।
चितवन । खोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ ।
पूर्वी चितवनको कालिका नगरपालिका–१० घर भई वडा नं ९ मा डेरा गरी बस्दै आएका विकास चेपाङका ६ वर्षीय छोरा सन्देशको खोलामा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार घर नजिकैको कयर खोलामा आमासँगै गएका बेला नुहाउने क्रममा उनलाई खोलाले बगाएको थियो ।
सन्देशको शव कालिका नगरपालिका–८ मा फेला परेको हो ।