सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विपन्न सय परिवारको घर बनाउँदै कालिका नगरपालिका


  •    /१० श्रावण २०७६, शुक्रबार १०:५३ 
  • चितवन । पहाडदेखि समथर भू–भागसम्म फैलिएको कालिका नगरपालिकाले विपन्न परिवारका लागि एक सय घर निर्माण गरिदिने भएको छ । चालू आर्थिक वर्षमा घर निर्माणका लागि नगरपालिकाले रु एक करोड ५० लाख विनियोजन गरेको छ ।

    नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार राम्रोसँग बस्ने घर नभएका विपन्न परिवार छनोट गरी घर निर्माण गरिँदैछ । वर्षात् सकिएसँगै असोजबाट घर निर्माणको प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो । नगरपालिकामा नमूना कामको रूपमा यसलाई लिएर आश्रयस्थल नभएकाहरुलाई घर बनाउँदै लगिने प्रमुख श्रेष्ठको भनाइ छ ।

    टिनले छाएर दुई कोठाको घर निर्माण गरिनेछ । एउटा घरका लागि रु एक लाख ५० हजार खर्च गर्ने गरी गएको नगरपरिषद्मा बजेट विनियोजन गरिएको हो । सो नगरपालिकामा पछिल्लो जनगणनाअनुसार ४२ हजार ४९५ जनसङ्ख्या रहेकामा १७ प्रतिशत चेपाङ छन् । घर बनाउँदा जातिभन्दा विपन्नलाई प्राथमिकता दिइने अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो नगरमा ब्राम्ह्ण समुदाय पनि विपन्न छन् । विपन्न छनोट गरी घर बनाउँछौँ ।” नगरपालिकाले पहिलो चरणमा छनोटका लागि विधि बनाएर काम गर्दैछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.