सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गुल्मीको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो


  •    /९ श्रावण २०७६, बिहीबार २२:५७ 
  • रुपन्देही । गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । पहिरो पन्छाउने क्रममा आज वडा नं ४ लिम्घाको भिरकुनाका आठ वर्षीया तारा विकको शव फेला परेपछि ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक बस्नेतले जानकारी दिनुभयो ।

    पहिरोमा बेपत्ता लुम्पेक, सिङ्दीकी ४० वर्षीया माया विक र उनका छोरा १५ वर्षीय बबी विक तथा लिम्घा भिरकुनाका छ वर्षीय सुमन विकको शव बुधबार फेला परेको थियो । लिम्घामा मङ्गलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छली विक र सिवानी विक तथा ठूलोलुम्पेकमा तिलकुमारी तरामुमगर र उनका छोरा दर्शन तरामुमगर तथा दुर्गाबहादुर सिञ्जालीको शव फेला परेको थियो ।

    पहिरोमा पुरिएर घाइते भएका ठूलो लुम्पेकका करिष्मा तरामु र धनी तरामुलाई दुई दिनपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । उनीहरुको टाउकामा चोट लागेकाले थप उपचारका लागि काठमाडौँ पठाउनु परेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो । पहिरोका कारण घरबारविहीन भएकालाई सामुदायिक विद्यालयमा राखिएको उहाँले बताउनुभयो । “झण्डै साढे ३०० घर प्रभावित छन् । एक गाउँबाट अर्को गाउँमा जाने अवस्था छैन”, उहाँले भन्नुभयो ।

    वडा नं ३ सिङ्दी गाउँ नै जोखिममा परेपछि गाउँलेलाई श्री राम माविमा राखिएको छ । उनीहरुलाई विद्यालयमा खाने बस्ने व्यवस्था मिलाइएको शिक्षक लक्ष्मी पाण्डले जानकारी दिनुभयो । सत्यवती गाउँपालिका वडा नं १ का ४ घरमा पहिरोले क्षति पु¥याएको उहाँले बताउनुभयो ।

    पहिरो प्रभावित क्षेत्रमा सडक अवरुद्ध भएका कारण बुधबार साँझ हेलिकप्टरमार्फत २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा ठूलो लुम्पेकमा पु¥याइएको छ । पहिरो प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालित छन् । कच्ची सडक भएका कारण राहतका सामग्री पु¥याउन कठिनाइ भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.