सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘स्टिङ अपरेसन’ बढाउँदै अख्तियार


  •    /९ श्रावण २०७६, बिहीबार ११:४४ 
  • भीमदत्तनगर  ।  सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अपरेसन’ लाई सक्रियाताका साथ अघि बढाएको छ । भीमदत्तनगरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिममा पहिलोपटक आर्थिक वर्ष २०७२/७३ मा भीमदत्तनगरस्थित यातायात व्यवस्था कार्यालयबाट स्टिङ अपरेसन थालेको थियो ।    
        
    गत आर्थिक वर्षमा मात्रै सुदूरपश्चिममा सात स्टिङ अपरेसन गरेको अख्तियार कार्यालयले जनाएको छ । पहिलोपटकको स्टिङ अपरेसनमा कार्यालयले यातायात व्यवस्था कार्यालय कञ्चनपुरका भीमराज भट्ट, छोटी भन्सार कार्यालय कैलालीका यादवकुमार श्रेष्ठ र सेक्टर वन कार्यालय कैलालीका सहायक वन अधिकृत राजकुमार मल्ल र रेञ्जर बाबुराम मिजार सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो ।    
        
     त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा अख्तियारले स्टिङ अपरेसन बढाउँदै कैलाली र कञ्चनपुरमा गरी तीन स्टिङ अपरेसन गरेको थियो । गत वर्षको स्टिङ अपरेसनमा केही साताअघि अख्तियारको टोलीले भीमदत्तनगरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख (डिई) अजित श्रीवास्तव र इञ्जिनीयर गृष्मा ठगुन्नालाई सेवाग्राहीबाट लिइरहेको रु दुई लाख नगदसहित पक्राउ गरेको थियो ।    
         
    दुवै जनालाई थप कारवाही प्रक्रियाका लागि अख्तियारले काठमाडौँ पठाएको छ । गत वर्ष गरिएका सात स्टिङ अपरेसनमध्ये चार कैलाली र तीन कञ्चनपुरमा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका सूचना अधिकृत टोपबहादुर विष्टले जानकारी दिनुभयो । गत वर्ष गरिएका स्टिङ अपरेसनमा नौ कर्मचारी रकमसहित रङ्गेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।    
        
    त्यसैगरी ८८ स्थानीय तह रहेको सुदूरपश्चिममा स्थानीय तहमा पनि भ्रष्टाचार तथा अनियमितता बढेका उजुरीहरु अख्तियारमा आउने क्रम बढेको छ । सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरुमा अनियमिता भएका ३११ उजुरी अख्तियारमा परेका छन् । तीमध्ये ११८ फछ्र्योट भएका छन् भने १० उजुरीको विस्तृत अनुसन्धानका भइरहेको अख्तियारले जनाएको छ । स्थानीय तहका १५ मुद्दामा भने अख्तियारले सम्बन्धित कार्यालयलाई कारवाहीका लागि सिफारिस गरेको छ ।    
        
    अख्तियारका सूचना अधिकृत विष्टले स्थानीय तहको शिक्षा क्षेत्रमा बढी उजुरी परेको बताउनुभयो । “शिक्षाअन्तर्गत २२६ उजुरी परेका छन्”, उहाँले भन्नुभयो, “८६ मुद्दा फछ्र्योट भएका छन् ।” सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरका सबैभन्दा बढी उजुरी परेको अख्तियारको तथ्याङ्कले देखाएको छ । नौ जिल्लाका एक हजार २७६ उजुरी परेका छन् । तीमध्ये ६०९ मुद्दा फछ्र्योट भइसकेको अख्तियारले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त
    हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छः न्यायाधीश फुयाँल
    महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
    • रास्वपा महाधिवेशन: मतदानको तयारी हुँदै
    • बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
    • तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह
    • इच्छाकामनाले ल्यायो ६८ करोड ४२ लाखको बजेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.