सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कावासोती नगरपालिकाले दुग्ध उत्पादन गर्ने किसानलाई अनुदान


  •    न्युजभित्तो/१३ श्रावण २०७८, बुधबार १२:१३ 
  • कावासोती, १३ साउन । कावासोती नगरपालिकाले दुग्ध उत्पादन गर्ने किसानलाई अनुदान दिएको छ । दूधमा अनुदानस्वरुप गत आर्थिक वर्ष रु २८ लाख १७ हजार ८९३ प्रदान गरिएको हो ।

    दूधको उत्पादन बढाउन र किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले दूधमा प्रतिलिटर रु १.२५का दरले अनुदान प्रदान गरिँदै आएको नगरपालिकाका कृषि तथा पशु विकास शाखा प्रमुख डा टेकराज पौडेलले बताउनुभयो । जनकल्याण दुग्ध विकास सहकारी संस्था,साना किसान कृषि सहकारी संस्था, शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्था र एकीकृत दुग्ध विकास सहकारी संस्थामार्फत नगरपालिकाभित्रका एक हजार ५०० दूध उत्पादक किसानलाई २२ लाख ५४ हजार ३१५ लिटर दूधको रु १.२५ का दरले गत आवमा अनुदान प्रदान गरिएको उहाँको भनाइ थियो ।

    कावासोती कृषिका लागि उर्बर क्षेत्र भएकाले त्यहाँ लगानी बढाउनाका साथै माछापालन, मौरीपालन र धानखेती गर्ने किसानलाई समेत अनुदान प्रदान गरिएको नगर उपप्रमुख पे्रमशङ्करमर्दनीया थारूले बताउनुभयो । नगरभित्रका विभिन्न वडालाई माछा, मौरी, धान, दूधको पकेटक्षेत्र निर्धारण गरी उत्पादन बढाउन अनुदान दिनाका साथै गत वर्ष धानखेती गर्ने दुई हजार ५०० किसानलाई बीउमा समेत अनुदान प्रदान गरिएको उहाँको भनाइ थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.