सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भोलि र पर्सी चितवनमा प्रदेश सरकारको लगानी सम्मेलन


  •    /५ बैशाख २०७६, बिहीबार १६:०२ 
  • भरतपुर
    प्रदेश नं. ३ सरकारले प्रदेशमा लगानी भित्र्याउने लक्ष्यका साथ शुक्रबार र शनिबार चितवनमा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । विज्ञ, निजी र सरकारी क्षेत्र एउटै थलोमा उपस्थित भएर बृहत छलफल गरी लगानी प्रोत्साहित गरिने भएको हो ।

    प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगले आज भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी लगानी सम्मेलनकै ढाँचामा बृहत अन्तरक्रिया कार्यक्रम गर्न लागिएको जानकारी दिएको छ । आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले अन्तरक्रिया कार्यक्रममा निजी क्षेत्रलाई गुणस्तरीय पूर्वाधार, उद्योग, विशिष्टिकृत सेवा, विशिष्टिकृत कृषि र सम्पदामैत्री पर्यटन गरी पाँच वटा क्षेत्रमा लगानी केन्द्रीकृत गर्न प्रोत्साहित गरिने जानकारी दिए।

    प्रदेशमा संघीय राजधानी र ठूला शहरसहित २१ प्रतिशत जनसंख्या बसोबास गर्ने भएकाले अत्यधिक माग रहेको हुँदा लगानीको वातावरण राम्रो रहेको देवकोटाले बताए । देशकै मध्यभागमा पर्ने, भन्सारसँग नजिक रहेकाले पनि लगानीका लागि यो प्रदेश उपयुक्त हुने उनले बताए । जल, जमिन, खनिज लगायतका प्राकृतिक सम्पदाले भरिपूर्ण यस प्रदेशमा लगानी गर्ने क्षेत्रको अभाव नरहेको उनको भनाई थियो ।

    कार्यक्रममा लगानीका क्षेत्रहरुलाई प्रष्ट्याईने बताउँदै उनले १३ जिल्लाका उद्योगी व्यवसायीहरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, राष्ट्रिय पूँजीपति तथा उद्योगपतिहरु छलफलमा सहभागी हुने जानकारी दिए ।

    प्रदेश नं. ३ का विभागीय मन्त्रीहरुले आआफ्नो क्षेत्रको छलफलमा अध्यक्षता ग्रहण गरी गहिराईमा विज्ञहरुसहित छलफल गरिने पनि सो अवसरमा जानकारी दिईयो । कार्यक्रममा पहिलो दिन दुई वटा कार्यपत्र र दोस्रो दिन विशेष क्षेत्रका विज्ञबाट पाँच वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।

    सो अवसरमा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाले निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गर्न कार्यक्रम गर्न लागिएको बताए । उनले यस प्रदेशमा भएका लगानीका अवसरहरु लगानीकर्तामाझ राखेर लगानीकर्ताको सुरक्षा र सहजीकरण प्रदेश सरकारले गर्ने बताए । यो प्रदेश हरेक हिसाबले लगानीका लागि उपयुक्त रहेको बताउँदै थपलियाले ढुक्क भएर लगानी गर्न सक्ने वातावरणको सिर्जना प्रदेश सरकारले गर्ने बताए।

    पत्रकार सम्मेलनमा आयोगका सदस्य श्यामकुमार बस्नेत र रामचन्द्र ढकालले प्रचुर सम्भावना रहेको यस प्रदेशमा लगानी भित्रिने कुरामा आफूहरु ढुक्क रहेको बताए । लगानीका क्षेत्रहरु पहिचान भईसकेकाले लगानीकर्ताहरुलाई कुनै द्विविधा नरहेको उनीहरुले बताए ।

    शुक्रबार भरतपुरमा हुने कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्नेछन् । ३ नं. प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा हुने कार्यक्रममा पूर्व अर्थमन्त्री डा. रामशरण महत विशेष अतिथि रहनेछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.